Wednesday, January 22, 2025

नेता आलमको मुद्दा स्थगित सूचीमा

पछिल्लाे समाचार


रौतहट २९ पुस । इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियुक्त कांग्रेसका नेता तथा पुुर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा स्थगित सूचीमा परेको छ ।
७ जना न्यायाधीशकाे दरबन्दी रहेको जिल्ला अदालत रौतहटमा आइतबार २ जना मात्र न्यायाधीश उपस्थित भए पछि स्थगित भएको हो ।
अदालतमा आइतबार न्यायाधीश तेजबहादुर खड्का र गेहेन्द्रराज पन्त मात्रै उपस्थित थिए ।
उपस्थित दुवै जनाले फाँट नम्बर ५ को गोला नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनको समयमा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप लागेका उनको मुद्दामा अन्तिम सुनुवाइका लागि आइतवार पेसी तोकिएको थियो ।
उक्त मुद्दामा गत कात्तिकमा अदालतले सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।
सरकारी वकिल र आलमका वकिलका तर्फबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको थियो ।
अदालतले काग्रेस नेता आलम लगायतका ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर गरेको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि सो दिन पेसी तोकेको थियो।
गएको मंसिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन ।
सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आगामी पुस २९ गते आइतबारका लागि पेसी तारेख दिएको थियो । अहिले नेता आलम थुनामा रहेका छन् ।
२०७६ कात्तिक १८ मा उनीविरुद्ध ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा रौतहट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु