Wednesday, January 22, 2025

धम्क्याएर रकम माग गर्ने एक जना पक्राउ

पछिल्लाे समाचार


रौतहट १९ पुस । लाखौं रकम फोनबाट धम्की दिइ माग गर्ने एक जनालाइ रौतहटमा पक्राउ गरि प्रहरीले बिहिवार सार्वजनिक गरेको छ ।
लाखौं रकम माग गर्ने एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर आपराधिक लाभ सम्बन्धि कसुर अन्तर्गत अनुसन्धान गरेर कारवाही अघि बढाइएको छ ।
रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्वर ८ का ३४ बर्षिय भैयाराम राहलाई प्रहरीले पक्राउ गरेको हो ।
साहले मोवाइल नम्वर ९८०१५७७५१० एनसेलको सिम बाट व्यापारीको मोवाइलमा पुस १० गते देखि लिएर १८ गते सम्म पटक पटक फोनमा व्यापारी र उनको छोराछोरीलाई ज्यानमार्ने धम्की दिदै पाँच लाख देखि ५० लाख सम्म रकम माग गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले साहलाइ पक्राउ गरी अनुशन्धान थालेको बताइन ।
कसुर २१ को दफा ३५३ अनुसार ७ बर्ष कैद र ७० हजार जरिवानाको प्रावधान रहेको डिएसपी गिरीको भनाइ छ ।
रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले यस्ता अपराधिक कार्यहरुलाई निरुत्साहीत गर्न समुदायबाट आएको सुचनालाई गोप्य राख्दै छानविन भैरहेको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु