Wednesday, January 22, 2025

गौरमा मेयर कप टि–२० क्रिकेट शुरु , पहिलो खेलमा वडा नं १ बिजयी

पछिल्लाे समाचार


रौतहट, १३ माघ । गौर स्थित राइस मिल्सको खेल मैदानमा शनिवार देखि मेयर कप टि २० क्रिकेट टुर्णामेन्ट सुरु भएकाे छ ।
गौर नगरपालिकाको सहयोगमा सुरु भएको मेयर कपमा गौर नपाको ९ वटा वडाको टिमहरु सहभागीता रहेको छ ।
मेयर कपको उद्घाटन गर्दै गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले गौर नगरबाट उत्कृष्ट खेलाडी चयन गरेर पालिका कपमा गौर नगरको राम्रो र बलियो टिम सहभागी गराउने उद्देश्यले मेयर कप आयोजना गरेको बताएका छन ।
प्रदेश, राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा गैरका खेलाडीलाई सहभागी गराएर रौतहटको नाम उच्च पार्न यस्ता खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मेयर साहले स्पष्ट पारेका छन ।
रौतहट क्रिकेट संघको अध्यक्ष पवन साहको सभापतित्वमा सम्पन्न उदघाटन खेलमा गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, रौतहट क्रिकेट संघका कोषाध्यक्ष पालु साह, सशस्त्र प्रहरीका डिएसपी अमर लामा लगायतका को उपस्थिति रहेको थियो ।
मेयर कपलाई व्यवस्थित गराउन नेपाल क्रिकेट संघद्वारा मान्यता प्राप्त अम्पायरको व्यवस्थापन गरिएको छ ।
मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता माघ २२ गते सम्म संचालन हुने छ ।


प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु १५ हजार र कप प्रदान गरिने संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपाललेले जानकारी दिएका छन ।
पहिलो खेलमा वडा नम्बर १ विजयी
गौरमा आयोजित मेयर कप २०८० को पहिलो दिनको टि ट्वान्टी क्रिकेट खेलमा वडा नम्बर १ को टिमले ६६ रनले जितेको छ ।
प्रतियोगिताको पहिलो इनिङमा २० ओभर मा ७ विकेट गुमाउदै वडा नम्बर १ ले १७२ रन जोडेको थियो ।
वडा नम्बर १ का खेलाडी रबि साहले सर्वाधिक ८४ रन जोडेका थिए भने बलिङतर्फ वडा नम्बर ५ का अनिल पटेल र कुन्दन यादवले समान दुई /दुई विकेट लिएका थिए । खेलको दोस्रो इनिङमा वडा नम्बर ५ ले २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०६ रन मात्र बनाएको थियो ।
वडा नम्बर ५ का शुभम गुप्ताले सर्वाधिक २७ रन बनाएका थिए भने वडा नम्बर १ का रबि साह र रेहान जाकिरले समान दुई/ दुई विकेट लिएका थिए । प्रतियोगितामा वडा नम्बर १ का रबि साह मैन अफ द मैच बनेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु