रौतहट, २६ पुस । समाचार लेखेको विषयमा रौतहटमा एक पत्रकारमाथि निर्घाट कुटपिट भएको छ । कुटपिट घटनाको प्रेस चौतारी रौतहट शाखाले निन्दा गरेको छ ।
पत्रकार यादवको कुटपिट बाट आँखाको डिलमा गम्भीर चोट लागेको छ ।
कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई निजी प्रयोजनको लागि प्रयोग गरिएको विषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवमाथि कुटपिट भएको थियो।
यादवलाई प्रतिक्षालय निजी प्रयोजनका लागी प्रयोग गर्दै आएका पिपरा पोखरियाका जीतेन्द्र यादव, सिकिन्द्र यादव, छोटेलाल राय, प्रिन्स जयसवाल र समुन्द्र बिक्रम शाहले कुटपिट गरेको पत्रकार यादवको आरोप छ ।
प्रेस चौतारी रौतहटले घटनाको निन्दा गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार यादव माथि कुटपिट गर्नेलाई पक्राउ गरी आवश्यक कारबाहीको माग गरेको छ।