रौतहट, १६ पुस । आम जनता पार्टीले अर्ध सैनिक बल निर्माण गरेकोछ ।
पुष १४ गते देखि भएको आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित आईटी आर्मीको राष्ट्रिय भेला बाट सैनिक तालिम शुरु भएको छ ।
७ दिन चल्ने उक्त तालिममा देशभरीका सयौ युवाहरु सहभागी छन ।
रौतहटको मौलापुरमा भईरहेको तालिममा आईटी सम्बन्धी प्रशिक्षण देखी सैनिक अभ्यास समेत गराईएको छ ।
प्रशिक्षण बारे आईटी आर्मी प्रदेश अध्यक्ष बालाशंकर कुशवाहाले अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटी सम्बन्धी तालिम अत्यावश्यक रहेको बताए ।
आईटी बिना देशको बिकास सम्भव नरहेको बैदेशिक रोजगारीमा भईरहेको ठगी रोकन, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य रहेको बताए ।
आजपाले अहिलेको व्यवस्था असफल भैसकेको घोषणा गर्दै देशलाई संकटबाट बचाऊन तत्काल अन्तरिम सरकार गठनको माग गरेको छ ।
आजपाका अध्यक्ष प्रभु साहले तत्काल अन्तरिम सरकार गठनमा सुरक्षा निकायको भुमिका सहयोगी हुने बताए । सुरक्षा अधिकारीहरु बाट देशको संकटबारे चिन्तित भएन र पार्टीको लुटतन्त्रलाई चोखयाउन मात्र लागे भने आईटी आर्मीले नेपालको मुख्य सैनिक फोर्सको काम गर्ने बताएका छन ।
अध्यक्ष साह ले भने “ढिलो चाँडो नेपाली सेनाका जवानहरुले बुझ्नेछन र देशलाइ निकास दिनका लागि आईटी आर्मी संग सहकार्य गर्नेछ ।”
आईटी आर्मीले देशको निकासमा बिशेष सहयोगी भुमिका खेल्ने पक्का रहेको र अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरेका छन् ।