Thursday, January 23, 2025

६ जना अपहरणकारी पक्राउ,अपहरित दुवै मुक्त

पछिल्लाे समाचार


रौतहट ११ पुस । अपहरणमा परेका चितवनका दुई व्यक्ति रौतहट प्रहरी र भारतिय प्रहरीको सकृयतामा मुक्त भएका छन ।
चितवन जिल्ला भरतपुर महानगरपालिका बडा न. १९ हुलाक चोक बस्ने वर्ष ४० को कृष्ण थापा र रत्ननगर न. पा. वडा नं.१३. जिरीना वस्ने ३५ बर्षिय दिपेन्द्र महत मोटरसाईकलमा रौतहटको चन्द्रपुर जान्छु भनी पुस ५ गते हिडेकोमा पुस ७ गते बेलुका करिव ८ बजे कृष्ण थापाले आफ्नो फेसबुक आई.डी. बाट आफु अपहरणमा परेको र ६ लाख फिरौती माग गरेको भनी आफ्नो श्रीमतीलाई म्यासेन्जरमा फोन गरेको जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनमा खवर भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनमा सुचना प्राप्त भएपछि अपहरणमा परेका मानिसहरु भारतको सिमावर्ती इलाकामा हुन सक्ने सम्भावना रहेकोले जिल्ला प्रहरी कार्यालय रौतहटबाट नेपाल भारत सिमा क्षेत्रमा खटिएको प्रहरी टोलीले भारतीय प्रहरीहरुसंगको समन्वयमा भारतीय प्रहरी द्वारा अप्रेशन संचालन गर्दा पुस १० गते भारतको सितामढी डुमरा थानाबाट खटिएको भारतीय प्रहरीद्वारा अपहरणमा परेका थापा र महत लाई भारतको सितामढीबाट सकुशल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले बताएका छन ।
अपहरणमा परेका दुवै लाई रौतहट ल्याइ स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा रौतहटका प्रहरी प्रमुख श्रेष्ठले जनाएका छन ।
अपहरणमा संलग्न ६ जना व्यक्तीहरु लाई भारतिय प्रहरीले पक्राउ गरेको छ ।


सितामाढी थाना डुम्रा मेहसोल वडा नं.२७ वस्ने मो.अकबर , मो.नईम ,बर्ष ३० को कौसर अली ,बर्ष २० को मो.सदाब बर्ष २७ को मो.ईरसाद , सितामढी बथनाहा थाना टन्डसपुर वडा न.३ वस्ने बर्ष ३३ को राम नरेश कुमार लाई भारतिय प्रहरीले पक्राउ गरि अनुशन्धान थालेको छ ।
भारतको सितामढी प्रहरीले अपहरण तथा शरीर बन्धक शिर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान अगाडी बढाएको नेपाल प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु