रौतहट १९ मंसिर। अन्तर्राष्ट्रिय स्वंयसेवक दिवश २०२३ को अवसर र १६ दिने लैङि्क हिंसा विरूद्व अभियान अन्तरगत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाको आयोजना,लैङिगक सामाजिक समावेशीकरण समितिको व्यवस्थापन र श्री युवा रेडक्रस सर्कल आइ .सी.टी.इ. (एच.ए.) क्याम्पस गौरको आतिथ्यमा एक दिने लैङिक हिंसा र स्वयंसेवा सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्ययक्रम समितिका संयोजक निलु झाको अध्यक्षता तथा शाखाको सभापति राज किशोर प्र. यादव प्रमुख अतिथ्यमा भएको हो ।
कार्यक्रममा बिशिष्ठ अतिथि शाखाका उपसभापति एवम् बरिष्ठ अधिवक्ता अनिरूद्व महतो ,अतिथिहरूमा कार्य समिति सदस्यहरू बाल कुमार जयसवाल,राम एकवाल साह,जिल्ला जु यु समिति सदस्य अरूण जयसवाल,शाखा अधिकृत कपिल देव पंडित र जिल्लाको अन्य स्वयंसेवकहरूको उपस्थिति रहेकाे थियो ।
लैङिक हिंसा बारे निलु झा,स्वयंसेवा बारेमा धर्मेन्द्र प्र.सिह,लैङिक विभेदको कानुन सम्बन्धि अनिरूद्व महतोले सहजीकरण गरेका थिए ।
स्वागत मन्तव्य इन्च्युटको प्रिन्सिपल राम वरण दास र कार्यक्रमको संचालन जिल्ला सदस्य तथा ब्लड बैंक गौरका संयोजक संजय कुमार यादवले गरेका थिए ।