Thursday, January 23, 2025

सांसद साह द्वारा अलपत्र लालबकैया पुल को निरिक्षण, निर्माण थाल्न आग्रह

पछिल्लाे समाचार


रौतहट,१० पुस । गौर र इशनाथ नगरपािलकाको टिकुलिया घाटमा १० वर्षदेखि अलपत्र परेको पुल सोमबार अनुगमन भएको छ ।
संघिय सांसदको महिला तथा समाजिक मामिला समितिका सभापति तथा रौतहट क्षेत्र नम्बर २ का सङ्घीय सांसद किरण कुमार साहले सो पुलको गत सोमबार अनुगमन गरेका थिए ।
पुल अनुगमन गर्दै सांसद साहले देशको अर्थतन्त्र कमजोर भएपनि पुन निर्माण गर्न सदनदेखि सडकसम्म आवाज उठाउँदै आएको बताएका छन् ।
केही महिना अघि पुल निर्माण पूरा गर्न भन्दै अमरण अनसनमा बसेका स्थानीय पत्रकार संजय सहनीको प्रतिबद्धता पूरा गर्न आफू रातदिन सकृय रहेको र देशको अर्थतन्त्र कमजोर भएका कारण काममा ढिलाइ भएको सांसद साहले बताए ।
सांसद साहले सदरमुकाम गौर र इशनाथ नगरपालिकाको बीचमा पर्ने लालबकैया पुल निमार्णका लागि पुरानो टेण्डर रद्द भइ नयाँ टेण्डरको प्रक्रिया समेत अगाडी बढेको जानकारी दिएका छन ।
पुल चाँडो निर्माणका लागि आफू अर्थमन्त्रालयदेखि विभिन्न मन्त्रालयमा धाउदै आएको उनले बताएका छन् ।
समयमा पुल नबन्दा ईशनाथ नगरपालिकाका स्थानियलाई सदरमुकाम गौर आवतजावत गर्न वर्षायाममा डुंगा चढ्नु पर्ने बाध्यता छ ।
तत्कालीन प्रधानमन्त्रि शुसिल कोईरालाले शिलान्यास गरेको सो पुल निर्माणको ठेक्का पप्पुु कन्स्टूक्सनले ठेक्का सकार गरेको थियो ।
ठेक्का सकारेको १० वर्षमा पनि काम नसक्दा सम्बन्धित निकायले पप्पु कन्टूक्सनको सो ठेक्का तोडेर नयाँ ठेक्का लगाएको तर श्रोतको सुनिश्चिता अहिलेसम्म नहुँदा काम सुरु हुन सकेको छैन् ।
लाल बकैया नदीपारि पर्ने बन्जाराहा, औरैया, मठिया, डुमरीया, जोकहालगायतका स्थानहरुबाट सदरमुकाम गौर आउनजान गर्न कष्ट भोग्दै आएका छन ।


तत्कालीनप्रधानमन्त्री सुशील कोइरालाले २०७१ असार २९ गते सो पुल शिलान्यास गरेका थिए ।
वि.सं २०७१ असारमा पप्पु कन्स्टूक्सनले करिब १६ करोड ८६ लाख २७ हजार १ सय ५० रुपैयाँमा सकार गरेको थियो ।
पप्पु कन्स्टूक्सनले २०७४ असार २५ भित्र काम सक्ने सम्झौता गरेपनि पटक पटक विभिन्न बहाना बनाउँदै काम अलपत्र बनाउदै म्याद मात्रै थप्ने गरेको थियो ।
पप्पु कन्ट्रक्सनले काम नगर्ने भएपछि सडक डिभिजन कार्यालय रौतहटले २०७९ जेठ ९ गते सो निर्माण कम्पनिसँगको ठेक्का रद्ध गरेर नयाँ ठेक्का जारी गरेको थियो ।


पुल बनाउन रकमको सुनिश्चिता अर्थ मन्त्रालयले नगर्दा पुल निमार्ण सुरु हुन नसकेको सडक डिभिजन कार्यालय चन्द्रपुरले जनाएका छन् ।
डिभिजन कार्यालयल नयाँ ठेक्काको सुचनाजारी गरेपछि श्री आजाद /दिपु एंण्ड कम्पनिले २०८१ चैत १ गते सम्म सो पुल निमार्ण सम्पन्न गर्ने गरी २०८० असोज ९ गते २७ करोड ६६ लाख ८ हजार १ सय ६७ रुपैयामा सम्झौता गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु