रौतहट,१४ पुस / नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका सभापति राजकिशोर यादबले समाजसेवा गर्न मनबाट नै सकृय हुनु जरुरी रहेको धारणा राखेका छन
बाराको निजगढ नपाको मोहरीमा स्वंयमसेवी तथा स्वयमसेवकहरुको भुमिका बारे अन्तरक्रिया तथा वनभोज कार्यक्रममा सभापति यादबले सो धारणा राखेका हुन ।
जहा बिपत, त्यहा रेडक्रस पुग्ने अभियान अनुरुप रेडक्रस अगाडि बढिरहेको सभापति यादबले बताएका छन । कार्यक्रममा रेडक्रसका पुर्व सभापति डा.नन्दकिशोर झाले समाजसेवा भन्ने बितिकै धेरैले रेडक्रस नै बुझ्ने बताए ।
ठुला ठुला बिपतमा रेडक्रस पुगिरहेको अबस्थामा आउदा दिनहरुमा पनि समाजसेवा कार्यलाइ तनमन दिएर लाग्नुपर्ने झाको सुझाब छ ।
यसैगरी उपशाखा चन्द्रनिगाहपुरका सभापति कृष्ण प्रसाद अधिकारीले रेडक्रस पबित्र संस्था भएकोले पबित्र मन लगाएर काम गर्नुपर्ने बताए ।
नेपाल रेडक्रस सोसाईटी रौतहट शाखाका मन्त्री धमेन्द्र सिंहको संचालनमा सम्पन्न कार्यक्रममा शाखाका उपसभापति निलु झाले स्वागत मन्तब्य राखेकी छिन ।
कार्यक्रममा रेडक्रस मधेश प्रदेश समितिकी कोषाध्यक्ष, शाखाका कोषाध्यक्ष रामाधार यादब,सदस्यहरु संजय यादब,रामएकवाल साह,बिभिन्न उपशाखाका सभापतिहरु को सहभागिता रहेको थियो ।