राैतहट ५ पुस ।। मिडिया फर बोर्डर हार्मनीको निमन्त्रणामा नेपालका पूर्व राजदूत लोकराज बरालकाे नेतृत्वमा एक नेपाली टोली भारतको मुजफ्फरपुर पुगेको छ ।
टोलीले मुजफ्फरपुरमा भारतका राष्ट्रपिता महात्मा गांधी र लोकनायक जयप्रकाश नारायण सग जोडीएका स्थानहरुको स्थलगत अध्ययन अवलोकन गरेका छन । नेपालका पूर्व राजदूत, सामाजिक, राजनीतिक विश्लेषक प्रोफेसर लोकराज बराल र वरिष्ठ पत्रकार चंन्द्र किशोर झा अध्ययन अवलोकनकाे हिसाबले भ्रमणमा आएको मीडिया फार बॉर्डर हार्मनीका संस्थापक अध्यक्ष अमरेन्द्र तिवारीले बताए ।
खासगरी लोकनायक जयप्रकाश नारायणको आंन्दोलनकाे सहयोगी रहेका समाजवादी राजनीतिक, विचारक सच्चिदानंद सिन्हा संग मुशहरी मनिकामा भेटी जेपी आंन्दोलनको बारेमा जानकारी लिएका छन ।
बिहारको ऐतिहासिक शिक्षास्थल लंगट सिंह कॉलेज परिसरकाे अवलोकन गरेका छन ।
सो अवसरमा कालेजका प्रार्चाय डा ओपी रायले कॉलेज काे इतिहासिक विकास क्रम तथा वर्तमान स्थितिबारे जानकारी दिएका थिए ।
टोलीले कॉलेज परिसरमा रहेकाे गांधी कूप, गांधी पार्क , डॉ राजेंद्र पार्क र साहित्यकार रामधारी सिंह दिनकर पार्कको अवलोकन गरेका छन ।
भारत नेपाल मैत्री सम्बन्धलाई लिएर पत्रकारहरुको संगठन मीडिया फार बार्डर हार्मोनीले राम्रो प्रयास गरि रहेको भन्दै नेपाली टोलीले प्रशंसा गरेका छन ।
भ्रमणको क्रममा नेपालकाे विकासमा भारत काे ठुलाे योगदान पुर्व राजदुत बरालले बताए ।
मीडिया फार बॉर्डर हार्मनी का वैशाली जिलाध्यक्ष पत्रकार प्रभात कुमारकाे नेतृत्वमा रहेका भारतिय पत्रकारहरुकाे टोलीले नेपाली टोलीलाई स्वागत गरेका थिए ।