Wednesday, January 22, 2025

भन्सार छलेको समान बरामद

पछिल्लाे समाचार


रौतहट १९ मंसिर ।अवैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान र मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
गत १७ गते यस कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहट गौर न.पा. वडा नं.१ र ईशनाथ न.पा. वडा नं.८ स्थितबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी / निकासी गरी BR55D 3583 र BR30C0597 नं.को मोटरसाइकल र किराना, लत्ताकपडा र सोफी लगायतका सामान प्रहरीले बरामद गरेको छ ।


सामान फाली फरार भएकोले सो स्थानमा प्रहरी टोली गई बेबारिसे अबस्थामा रहेको २ थान, मोटरसाइकल बरामद भएको प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जनाएका छन ।
दुइ लाख ३८ हजार एक सय बराबरको सामान र मोटरसाइकल . नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु