Wednesday, January 22, 2025

बागमती नदिमा करेन्ट लगाएर माछा मार्नेलाई कार्वाही छैन

पछिल्लाे समाचार


रौतहट २ पुस । बागमती नदिमा करेन्ट लगाएर माछा मार्दा पनि कुनै निकायले रोक्ने प्रयास गरेको छैन ।
चन्दपुर नगरपालिकाको वडा नम्बर १ बागमती नदिमा करेन्ट लगाएर माछा मार्नेहरु बिहानेदेखि सकृय देखिन्छ ।
बिहानेदेखि पिठ्‌युमा ब्याट्री र तार बोक्ने र अन्य दुइचार जना संग जाल धाप्नेको हुल नदिमा देखिन्छ ।
नदिमा करेन्ट लगाई माछा मार्दा अन्य जलचर जिवहरुको पनि मृत्यु हुने हुदा करेन्ट लगाएर माछा मार्नु गैरकानुनी कार्य भएपनि सरोकार बाला निकायले रोक्न सकेको छैन ।
करेन्टले जलचरहरुलाई पनि ठुलो असर परेको र यसले समग्र इकोसिस्टम मै असर पार्ने गरेको वातावरण बिदहरुको भनाइ छ ।
बिस २०५५ सालमा सशोधन गरिएको जलचर सरक्षा ऐनमा ‘कुने व्यक्तिले जलचरलाई समात्ने तथा मानें अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय तार (करेन्ट, बिस्फोटक पदार्थ या विषालु पदार्थको प्रयोग गर्न हुदैन भनी उल्लेख गरेको छ ।
यस्तो कार्य गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु