Friday, January 24, 2025

बागमती नदि बाट अवैधरुपमा ढुङ्गा निकासी

पछिल्लाे समाचार


रौतहट २७ मंसिर । चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित बागमती नदी किनारमा सयौ घनमिटर ढुंगा उत्खनन गरेर भण्डार गरिएको छ ।
चन्द्रपुर नगरपालिकाले बागमती नदीमा ठेक्का हालसम्म लगाएको छैन ।
ठेक्का नलगाएपछि ढुङ्गा अबैधरुपले उत्खनन गरेर भण्डार गरिएको छ ।
नदि किनारमा थुपारीएको सयौं घनमिटर ढुंगा सम्बन्धित निकायले जफत गर्नुपर्ने स्थानीय वासिन्दाले माग गरेका छन् ।
अवैद्य रुपमा नदीबाट उत्खनन गरेर बागमती किनारको दोभान सामुदायिक वन क्षेत्रमा भण्डार गरिएको ढुंगा संकलनकर्ताहरु र व्यवसायीले विक्री वितरण समेत गर्दै आएकाे सरोकारवालाहरु बताउछन ।
चन्द्रपुर नगरपालिकाले बागमती नदिमा ठेक्का नलगाएको अवस्थामा ढुङ्गा संकलन गर्ने नियम बिपरित को कार्य गरेको गुनासो छ ।
उनीहरुले ढुंगा विक्री गर्न जिल्लाको दक्षिणी भेगमा लैजादा सर्लाहीको बागमती नगरपालिकाको ढुंगा हो भन्दै लाने गरेका छन् ।
नियम विपरित संकलन गरेर राखिएको ढुंगा नगरपालिकाले जफत गर्नुपर्ने स्थानीयको माग रहेको छ ।
डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत सुरेश महतोले नियम बिपरित नदि किनारमा उत्खनन र संकलन गरेर राखेको ढुंगाको विषयमा अनुसन्धान भैरहेको जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु