रौतहट ११ पुस । आधारभुत विधालय उचिडिहका प्रधानाध्यापक ले आर्थीक अनियमितता गरेको स्थानियहरुले आरोप लगाएका छन ।
रौतहटकाे देवाही गाेनाही नगरपालिका वडा नं.-७ मा रहेको श्री आधारभुत बिधालय उचिडिहका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहाले विद्यालयमा आर्थिक अनियमिता गरेको तथा विभिन्न बिषयमा भ्रष्टाचार गरेको भन्दै उनका बिरूद्ध स्थानीयबासी तथा राजनीतिकर्मिहरूले पत्रकार सम्मेलन गरेका छन ।
स्थानीय समाजसेवी तथा सामाजिक अभियन्ताहरुको एक समूहले मंगलवार पत्रकार सम्मेलन मार्फत प्र.अ. कुशवाहाले २०७६ सालमा बिधालय व्यवस्थापन समितिकाे अवधि सकिय पछि आफु खुशी मनाेमानी ढंगले आर्थिक बर्ष ०७६/०७७ / ०७७/०७८/ ०७८/०८९ र चालू आर्थिक बर्ष ०८०/८१ समेतमा कानुन बिपरित बिना दरबन्दीकाे शिक्षक नियुक्त गरेको स्थानीय युवा नेता रूपेश पटेलले आराेप लगाएका छन ।
भवन निर्माण , शाैचालय निर्माण , पाठ्यपुस्तक खरिद तथा छात्रवृत्ति बितरण, दिवा खाजा लगाएत अन्य शिर्षकमा रकम हिनामिना गरेको पटेलको दावी छ ।
आ.ब ०७८/०८९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत प्राप्त भवन निर्माणकाे लागि ३६ लाख र नगरपालिकाको नगरकाेषबाट आ.ब.०८०/८१मा ३५ लाख भ्रष्टाचार गर्ने उदेश्यले बिधालय ब्यवस्पन समिति गठन नगरेको उनले खुलासा गरेका छन ।
बिधालय भवन निर्माण समिति कुनै निकायबाट निर्माण समिति नबनेको अवस्थामा भवन बन्न लागेको जग्गा बिधालयकाे नाममा नभएको र ब्यक्ति काे नाउमा रहेको जग्गामा भवन बनेमा त्याे भवन समेत ब्यक्तिले कब्जा गर्न सक्ने भएकोले अबिलम्ब उक्त भवन निर्माण कार्य राेक्का गरी नियमअनुसारकाे भवन निर्माण कार्य प्रक्रिया अगाडि बढाउनु उनले अनुरोध समेत गरेका छन ।
२०७६ साल माघ देखि गरेको धेरै नियुक्त प्रक्रिया अबैध रहेको उनले बताएका छन ।
अभिभावक भेला नभएको , बालबिकाश, राहत र अनुदान काेटामा गरिएको नियुक्ति बारे छानबिन हुनु पर्ने पटेलले माग गरेका छन ।
अबैध नियुक्ती गरेका भन्दै स्थानियहरुले विरोध गर्दै नगरपालिकाको प्रशासकीय अधिकृत लाइ ज्ञापन पत्र समेत बुझाएका छन ।