रौतहट,२२ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ मा रहेको नमुना ईङ्गलिस आवासीय विध्यालयले आफ्नो २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती भब्य रुपमा मनाएको छ ।
बिद्यालयको रजत जयन्तीको अबसर पारेर नेपालका प्रख्यात शास्त्रीय संगितकारहरुले शास्त्रीय तथा परम्परागत संगितहरु प्रस्तुत गरेका छन ।
शुक्रबार बिद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा अच्युतराम भण्डारी संगीत प्रतिष्ठानद्धारा ‘राग रङ्ग’ कार्यक्रमको शास्त्रीय तथा परम्परा संगित प्रस्तुत गरिएको थियो ।
उक्त शास्त्रीय तथा परम्परा संगित कार्यक्रममा पंण्डित अच्युतम भण्डारीले तबला र मादल,पंडित पशुराम भण्डारीले सारंगी,डा. निरन्जन भण्डारीले बासुरी र पंडित राम कुमार अर्यालले सितार बजाएका छन ।
शास्त्रीय संगितको महत्व बारे बिद्यार्थीहरुलाइ जानकारी गराउने उदेश्यले बिद्यालयको रजत जयन्तीको अबसर पारेर ‘राग रङ्ग’ कार्यक्रमको आयोजना गरेको बिद्यालयका प्राचार्य लोक बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
शस्त्रीय संगित क्षेत्रमा देशकै बरिष्ठ कलाकारहरुको माध्यमबाट बिद्यार्थीले धेरै कुरा सिक्ने आफुले विश्वास गरेको प्राचार्य श्रेष्ठले बताए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,प्याबसन मधेश प्रदेशका अध्यक्ष दिपक रेग्मी,जनज्योती माबि बिद्यालय ब्यबस्थपन समितिका अध्यक्ष नरेश लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।
बिद्यालयको २५ औ बार्षिक उत्सवको अबसर पारेर कलाकार लगायतकाहरुलाइ सम्मान गरिएको थियो भने स्वागत मन्तब्य बिद्यालयकी संस्थापक अध्यक्ष लक्ष्मी श्रेष्ठले गरेकी थिइन । कार्यक्रममा बिभिन्न क्षेत्रका प्रतिनिधिहरु,अभिभाबकहरु तथा बिद्यार्थीको उपस्थीती रहेको थियो ।