रौतहट ९ पुस । गौरमा आइतवार सरकारी वकिल कार्यालयको विरुद्ध नाराबाजी भएको छ ।
दोषीलाई उन्मुक्ति दिएको भन्दै मृतकका आफन्तले गौरमा प्रदर्शन गरेका हुन् ।
सरकारी वकिल मुर्दावाद,दोषीलाई कारवाही गर भन्दै मृतकका आफन्तहरुले प्रदर्शन गरेका थिए ।
जिल्लाको राजदेवी नगरपालिकाको मुडवलवामा कात्तिक २४ गते शुक्रबार सोही पालिकाको ७ नम्बर स्थित श्री नेमधारी बासुदेव माध्यमिक विद्यालयमा अध्ययनरत छात्रमाथि छुरा प्रहारबाट भएको थियो ।
सोही पालिकाको ६ नम्बर वडाका नागेन्द्र प्रसादका १८ वर्षीय छोरा राहुल साह छुरा प्रहारबाट घाइते भएका थिए । उनलाई ४ जना मिलेर पटक पटक छातीमा छुरा प्रहार गरेकाे पिडित पक्षको भनाइ छ ।
राजदेवी नगरपालिका ६ का राहुल गुप्ताले अन्य तीन जनाको सहयोगमा छुरा प्रहार गरेका थिए ।
सोही पालिकाका मुकेशकुमार गुप्ता, मनिषकुमार गुप्ता र विनोद साह, राहुल गुप्ताले मृतक साहलाइ छुरा प्रहार गरेकाे पिडितहरुको दावि छ ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका किशोरलाई शिक्षकहरुको सहयोगमा प्रादेशिक अस्पताल गौरमा भर्ना गरिए पनि त्यहाँ उपचार सम्भव नभएपछि एलएस न्यूरो अस्पताल परवानीपुर, बारामा उपचारका क्रममा कात्तिक २७ गते सोमबार बिहान मृत्यु भएको थियो।
मृतक राहुलका बाबुले छोराको मृत्युपछि घाउजाँचको निवेदन एवम ज्यान मार्ने उद्योगमा प्रहरीमा किटानी जाहेरी दिएको भए पनि छोराको उपचारका क्रममा आफूलाई ४ जना मिलेर छुरा प्रहार गरेको भनेपछि पुनः ४ जना विरुद्ध जाहेरी दिएकोमा राहुल गुप्ता र मनिष झाविरुद्ध मात्र जाहेरी दर्ता गरेको र मुकेशकुमार गुप्ता र विनोद साहलाई प्रहरी र सरकरी वकिल कार्यालयले रकमको चलखेल गरेर उन्मुक्ति दिएको मृतकका बुबा नागेन्द्र प्रसाद र परिवारका अन्य सदस्यहरुको गुनासो छ ।
मनिष झाविरुद्ध जाहेरी दर्ता भए पनि हालसम्म पक्राउ नगरेको भन्दै प्रहरी र सरकारी वकिल कार्यालयसँग पिडितहरु आक्रोशित हुन ।