रौतहट २७ मंसिर । रौतहट संग जोडिएको भारतीय सिमानाकाबाट तस्करी नरोकिएको गुनासो बढ्न थालेको छ ।
भारत र नेपालको सीमा नाकाको तस्करहरुले फाइदा उठाउँदै गौर भन्सारको मेन नाका सहित विभिन्न नाकाबाट तस्करी गर्ने गरेको पाइएको छ ।
पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक समान, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामल चोरी निकास ि हुने गरेको गुनासो छ ।
लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बन्कुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्रीको तस्करी गरी भारत बाट नेपाल र नेपाल बाट भारत भित्र्याउने गरेको सिमामा बस्ने हरुले बताएका छन ।
रौतहटको राजपुरमा प्रत्येक हप्ता लाग्ने बजारमा सयौंको संख्यामा राङ्गा को तस्करी हुने गरेको गुनासो छ ।
घरेलु रक्सी र ब्रान्डेड रक्सी तस्करी गरि लैजाने कार्य समेत भइरहेकाे जानकारहरु बताउछन ।
सानोतिनो व्यापारीले दिउँसै मालसामान ओसारपसार गर्छ भने ठुला व्यापारीहरूले भारतबाट रातारात लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स सामान, तेल, चिनीलगायतका मालसामान ओसार्ने गरेको छन ।
भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन् ।