रौतहट २७ मंसिर /नालाको पानी निकास गर्ने बिषयमा बिवाद पछि झडप हुदा घाइते भएका लाई उपचार खर्च दिएर घटना मिलाइएको छ ।
इशनाथ नपा वडा नं ७ जोकहा टोल स्थित नालाको पानी निकासीको बिषयमा झडप भएको थियो । झडपमा लाठी, फरटा र घरेलु हतियार प्रयोग भएका भिडियो सार्वजनीक भएकाे थियो ।
ईशनाथ नपा वडा नं ७ जोकहा टोल का शिवम मंगल साहले नालाको पानी निकास गर्ने बारे छलफलमै कार्यवाहक वडाअध्यक्ष बिरलाल साहकै अगाडि लाठी, फाटा र घरेलु हतियार प्रहार गर्दै कुटपिट गरेकाे गुनासो पिडितहरुले गर्द आएका थिए ।
पीडित पक्षले न्यायको लागि पटकपटक जिल्ला प्रहरी कार्यालय गौरमा जादा न मुद्दा दर्ता , न दोषी पक्राउ परेको भन्दै गुनासो गर्दै आएका थिए।
नालाको पानी निकासीको सम्बन्धमा कार्यवाहक वडाअध्यक्ष साह सहितको उपस्थितिमा गाउँ घरको व्यक्तिहरू बिच छलफल भइरहेको क्रममा घरेलु हतियार, लाठी, फ्राटा लिएर एक्कासी श्रीचन साहको श्रीमती शिवकलिया देवी, बृजन साहको श्रीमती चन्दा देवी, रूपन साहको श्रीमती कबिता देवी, हिरालाल साहको श्रीमती उमा देवी, रामबिलास साह, हरिशंकर साह लगायतले मिलेर श्रीमंगल साह र उनको परिवारका सदस्यलाई कुटपिट गरि गम्भीर घाइते बनाएको र तीन साता भन्दा बढी घटना भएको हुदापनि पीडितले जिल्ला प्रहरी कार्यालय गौरमा धाउनु परेको गुनासो थियो ।
मंगलवार जिल्ला प्रहरी कार्यालय गौरमा भएको छलफलमा पिडित लाई ५७ हजार रुपैया क्षतिपुर्ती दिने सहमती भएपछि बिबाद मिलेको स्थानिय संचारकर्मी अभिमन्यू पटेलले जानकारी दिएका छन ।