रौतहट,१ पुस /गैडाटार सव वन डिभिजन कार्यालय अन्तरगतको वनबाट दैनिक रुपमा रातीको समयमा काठ चोरी तस्करी हुने गरेको गुनासो छ ।
केहि वन कर्मचारीको मिलेमतोमा गोलिया काठ चन्द्रनिगाहपुरका बिभिन्न स्थानमा बन्दै गरेका नया घरमा काठ ढुवानी हुने गरेको जानकारहरुको भनाइ छ ।
गैडाटार क्षेत्रको वन तथा हिलेश्वर सामुदायीक वन क्षेत्रमा रातीको समयमा काँचा सालको रुख काटेर रातीनै साईकल ,जिप, मोटर साईकलमा राखेर चन्द्रनिगाहपुर सम्म ल्याइने गरिएको उनीहरुको भनाइ छ ।
कप्तान टोल भन्दा माथि रहेको वन को पोष्टका कर्मचारीलाइ मिलाएर काठ चोरी तस्करीमा संलग्न रहेकाहरुले सालको रुख काटेर बिभिन्न साईजको बनाएर चन्द्रनिगाहपुर ल्याएर बिक्रि बितरण हुने गरेको स्थानीयको भनाइ रहेको छ ।
चन्द्रनिगाहपुरमा बन्ने अधिकांस नया घरमा गैडाटारको राष्ट्रिय वन क्षेत्रमा चोर तस्करले काटेको काठ प्रयोग हुने गरेको बताईन्छ ।