Wednesday, January 22, 2025

उमेर पुगेकी छोरीको बिवाहकै दिन ३० हजारको चेक

पछिल्लाे समाचार

रौतहट १८ मंसिर ।मौलापुर नगरपालिकामा असहाय संग मेयर कार्यक्रम लोकप्रिय बनेको छ ।
केही दिन अघि मौलापुर नगरपालिका ६ पथराका विजय गिरीको छोरीको बिवाहमा सहभागी भई मेयर साहले विवाह मण्डपमै सहयोग रकम ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी छिन ।
नगरका सम्पूर्ण बिपन्न परिवारको २० बर्ष उमेर पुगेका छोरीको विवाहमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मेयर साहले विवाह भन्दा एक हफ्ता अगाडी विवाहको कार्ड सहितको फाइल पेस गर्न आग्रह गरेकी छिन ।
नियम पूरा गरेका फाइलकै आधारमा बिबाहकै दिन बेहुलीको घरमै अनुदान रकमको चेक उपलब्ध गराउने उनले जानकारी दिएकी छिन ।
महिला मेयर रिना कुमारी साहको योजना र सक्रियताले नगरबासी माझ असहाय सग मेयर कार्यक्रम लोकप्रिय बनेको हो ।
असहाय सग मेयर कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकामा छोरीको बिहेको लागि आर्थिक बर्ष २०७९/०८० मा ५० परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
छोरीको विवाहमा सहयोग स्वरुप जनही ३० हजारका दरले ५० जना परिवारको खातामा रकम पठाईएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
बिस २०७९ सालको स्थानीय निर्वाचनमा दोश्रो पटक मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी साहलाइ निर्वाचन आयोगको गत असोज २९ गतेको निर्णय एव ३० गतेको सूचनाबाट मेयर पद रिक्त भएको सुचना निकालेको थियो ।
मेयर साहले सर्वोच्च अदालतको गत कार्तिक २४ को फैसला बमोजिम गत ५ गते पुनः कार्यभार सम्हालेकी हुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु