चन्द्रपुर २३ मंसिर । शनिबार चन्द्रपुर स्थित होटल आरोहिमा संकल्प बचत तथा ऋण सहकारी सस्थाले ” असल कारोवारी संग संगै संकल्प ” भन्ने शिर्षकमा अन्तरक्रिया गरेको छ ।अन्तरक्रियामा सस्थामा बचत गर्नुपर्ने कारण ,बचतको औचित्य र प्रक्रिया त्यस्तै ऋण लगानी ,ऋणको सदुपयोगिता,ऋण शिर्षकको उपयोगिता ,ऋण लिनुको औचित्य ,धन सृजना गर्ने प्रक्रिया आदिको बारेमा प्रकाश पारिएको थियो ।
कार्यक्रम ऋण उप समितिका संयोजक कृष्ण चन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियोे भने सस्थाका अध्यक्ष बिभु कुमार पोखरेल र लेखा संयोजक गणेश पौडेलले सस्थाका गतिविधि ,बिषयबस्तुमा केन्द्रित भएर आफ्ना भनाईहरु राखेका छन ।
कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै संचालक अबधेसहरी भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।
सो सस्थाका ब्यबस्थापक हरि प्रसाद तिमल्सिनाले ऋण परिचालन ,यसका जोखिम ,कानुनी अबस्थाको बारेमा प्रकाश पारेका छन ।
सहभागीले आफ्ना अनुभुति ,सफलताका कथा ,सस्थाले गरेको सहयोग ,सस्थाले आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा ११ जना सदस्यले आफ्नो आ आफ्ना धारणा राख्नु भएका थिए ।
सो कार्यक्रमको सन्चालन सस्थाका कोषाध्यक्ष बलराम प्रसाद गौतमले गरेका थिए । सो कार्यक्रममा ६३ जना सदस्यको सहभागिता रहेको अध्यक्ष पोखरेलले जानकारी दिएका छन ।