रौतहट १३ पुस ।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका कार्यालयका प्रमुख र चन्द्रपुरका संचारकर्मी बिच अन्तरकृया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार संचारकर्मी र डिएसपी गौरव महत बिच शान्तिसुरक्षा , दुर्घटना न्यूनिकरण र अपराध न्युनिकरण लगाएतका बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य शिव पुरीले पत्रकारलाइ प्रहरीले सुचना तथा समाचार दिदा ढिलो गर्न नहुने धारणा राखेका छन ।
डिएसपी महतले प्रहरी जनताको सेवक रहेकाले कुनै पनि अवस्थामा पिडितको न्यायको पक्षमा रहने बताए । समाजमा शान्ति सुरक्षा लाई बलियो बनाउन संचारमाध्यमको भुमिका महत्वपुर्ण हुने भएकाले प्रहरीलाइ सकारात्मक सुझाव र सल्लाह दिन समेत डिएसपी महतले आग्रह गरेका छन । संचारकर्मी संजय कार्की, मनोज साह, सुब्बा कार्की , फणि महत लगाएतले नागरीकको समस्या लाई प्रहरी र पत्रकार मिलेर समाधान गर्न अग्रसर हुनुपर्ने धारणा राखेका छन ।