Friday, January 24, 2025

श्रीमतीको सट्टामा श्रीमान शिक्षक ,बिधालयको अवस्था भद्रगोल

पछिल्लाे समाचार


रौतहट २९ मंसिर । ईशनाथ नगरपालिका वड़ा नम्बर ९ लवतनामा रहेको एक प्राथमिक विद्यालयको अवस्था नाजुक रहेको पाइएको छ ।
नियुक्ति पाएकी एक शिक्षिका को सट्टामा उनका श्रीमानले पढाउदै आएकाे पाईएको छ ।
महेन्द्र राय यादव प्राथमिक विद्यालयमा कार्यरत रहेकी बाल बिकाश कोटाकी शिक्षिका कबिता देवी यादवको सट्टामा उनका श्रीमानले शिशु र कक्षा १ मा अध्ययन गराउँदै आएको पाइएकाे छ।
विद्यालयका प्राध्यानध्यापक प्रेम यादव कामबिषेशले विद्यालय बाहिर थिए भने कक्षा कोठामा कविताका श्रीमान पढाइरहेका थिए ।
ईशनाथ नगरपालिकाको मेयर कौशल्या देवी सिन्हा लगाएत जनप्ररतिनिधीहरुको बेेवास्थाका कारण नपामा शिक्षाको अवस्था बिग्रेको स्थानीयहरुको गुनासो रहेको छ ।
डेक्स बेन्च नहुदा बालबालिका चिसो भुईमा बस्न बाध्य छन । छाना नभएको भवनको कक्षा कोठाको भूईमा बसेर बाल बालिका पढ्ने गरेका छन ।
खानेपानी र शौचालयको अभावले बालबालिका र शिक्षक शिक्षिका लाई दिनहु समस्या हुने गरेको शिक्षक राजेश कुमार यादवले बताए ।
६ महिना अघि हावाहुरीले उडाएको छाना मर्मत गराईदिन पटक–पटक आग्रह गर्दा नगर प्रमुखले कुनै चासो नदेखाएको गुनासो शिक्षकहरुले गरेका छन ।
छाना नहुदा बालबालिका चिसोभुइमा खुल्ला आकाश मुनि पढ्दै आएका छन ।


नगरपालिकाले २०७९ साल फागुन महिना देखि नै दिवा खाजाको रकम नदिएकोले बालबालिकालाई खाजा खुवाउन समस्या भइरहेको कार्यालय सहयोगी राम प्रवेश यादवको भनाई छ ।
उधारो मा ल्याएर खाजा खुवाउदै आएको दुखेसो पोख्दै पसलेले दिनहुँ पैसा मागेको गुनासो उनको छ ।
कक्षा ५ सम्म पढाइहुने सो विद्यालयमा शिक्षक शिक्षिका गरी ५ जना कार्यरत रहेका छन् ।
४ र ५ एउटा कोठामा र अरु सवै कक्षा का बिधार्थी एउटै कोठामा पढ्ने गरेका छन ।


झ्याल ढोका, कम्पाउण्ड वाल नभएका कारण विद्यालयमा भएको शैक्षिक सामग्री चोरी हुने गरेको शिक्षक यादवले वताए ।
जिल्ला शिक्षा विकास समन्वय इकाई रौतहटका प्रमुख राम विनय सिंहले सट्टामा अर्कैले पढाउन नपाउने बताए । नगरपालिकाले बिधालयहरुको अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।
कक्षा ५ सम्म पढाइ हुने श्री महेन्द्र राय यादव प्राथमिक विधालयमा दैनिक ५०/ ६० जना सम्म बालबालिकाहरू पढ्न आउने गरेका छन ।
सो बिद्यालयको रेकर्डमा एक सय २५ जना विद्यार्थी रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु