Wednesday, January 22, 2025

लेखक तथा पत्रकार साहको दुई पुस्तक लोकार्पण

पछिल्लाे समाचार


सर्लाही १९ मंसिर । बरहथवाको परिचय र महानन्द झा पुस्तकको लोकार्पण गरिएको छ ।
सर्लाहीको बरहथवामा कवि, लेखक, सहित्यकार, पत्रकार एवं अनुसन्धानकर्ता सञ्जय साह ,मित्र,ले लेखेको बरहथवाको परिचय र महानन्द झा पुस्तकको संघिय सांसद तथा पूर्व रक्षा मन्त्री हरि प्रसाद उप्रेतीले लोकार्पण गरेका हुन ।
लेखक साहले बरहथवाको इतिहास र उत्पति बारे लामो खोज, अध्ययन तथा अनुसन्धान गरि बरहथवाको परिचय नामक पुस्तक लेखका छन् । मित्रले एक वर्ष समय लगाएर बरहथवाका अधिकांश व्यक्तिसंग प्रत्यक्ष भेटेर बरहथवा बारे किताव तयार पारेका हुन ।
लेखक साह ले सो पुस्तकमा एउटा सामान्य गाउँबाट बरहथवा कसरी विसित भई शहरमा परिणत भयो, बरहथवाको उत्पति कसरी भयो, बरहथवालाई शहर बनाउन क-कसले, के-कस्ता योगदान पुरयाए लगाएत बरहथवाको इतिहास बारे वर्णन वा उल्लेख गरेका छन् ।
विभिन्न पत्रपत्रिकामा लेख रचना लेख्ने पत्रकार एव साहित्यकार साहले यसअघि रौतहट परिचय, बज्जिका भाषाको इतिहास, छठ पवनी, रौतहट लघुकथा, बज्जिका लगाएतका किताव लेखेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु