रौतहट १८ मंसिर । रौतहट सहित १४ जिल्लामा सरकारले मानसिक स्वास्थ्य सेवामा सबैको पहुँच पुऱ्याउन मानसिक स्वास्थ्य उपचार सेवा शुरु गरेको छ ।
मधेस प्रदेशमा रौतहट र महोत्तरी, कोशी प्रदेशको पाँचथर र भोजपुर, बाग्मती पदेशको सिन्धुपाञ्चोक र रसुवा, गण्डकी प्रदेशको लमजुङ र म्याग्दी, लुम्बिनीको बर्दिया र रुकुम पूर्व, कर्णालीको दैलेख र कालीकोट तथा सुदूरपश्चिम प्रदेशको बैतडी र बभाङ जिल्लामा मनोचिकित्सकसहितको टोली परिचालन गरेको हो ।
मनोचिकित्सक नभएका अरु जिल्लामा पनि सेवा विस्तार गर्ने सरकारको तयारी मनोचिकित्सकले त्यहाँ रहेका स्वास्थ्यकर्मीको सहयोगमा उपचार गर्ने छन् ।
बिरामीले निःशुल्क औषधि पाउने छन् । शाखाले ती जिल्लामा रहेका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम समेत दिने बताईएको छ ।
मनोचिकित्सकको टोली परिचालनसँगै अब मानसिक रोगीले उपचारका लागि धेरै ठाउँ धाउनु नपर्ने महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डाक्टर फणिन्द्रप्रसाद बरालले जनाएका छन ।
मनोचिकित्सक नपुगेका जिल्लामा मानसिक स्वास्थ्य सेवा पुर्याउनका लागि मनोचिकित्सक पठाएर उपचार सेवा शुरु गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनको सहयोगमा मनोचिकित्सक नभएका हरेक प्रदेशका दुई/दुई
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण-सन् २०२० मा गरिएको अध्ययनमा सय जनामध्ये १० जनामा कुनै न कुनै प्रकारका मानसिक समस्या रहेको पाइएको बताइएको छ ।