Wednesday, January 22, 2025

बागमती किनारको नदि उकास जमिन अतिक्रमण

पछिल्लाे समाचार

रौतहट ४ पुस । वृन्दावन नगरपालिका-१ स्थित बागमती नदी उकास जमिन अतिक्रमण हुँदै आएको छ ।
केही वर्ष अघिदेखी त्यसक्षेत्रको सयौ विगाहा जमिन अतिक्रमण हुँदै आएको छ । मधेश प्रदेशको सर्लाही र रौतहटको सिमाना भएर बग्ने वागमती नदिको उकास जमिन अतिक्रमण भएको हो ।
एकातर्फ रामलाल बृन्दावन साझेदारी वन ब्ययवस्थापन समुह र अर्को तर्फ बागमती नदीको पानी बग्ने क्षेत्र छ।
बयरघारी क्षेत्रमा भुमिहिन, विपन्न मात्र नभएर हुनेखाने समेतले जंगल-झांडी,खरघारी फाँडेर धमाधम खेत बनाइरहेका छन्।
सरकारी जमिन तीव्र रूपमा अतिक्रमण भइरहँदा समेत कुनै निकायले ध्यान नदिएको सरोकारवाला बताउँछन् ।
नदी उकास जमिन अतिक्रमण गरि बसेका बृन्दावन नगरपालिका-३ का हरि साह कलबार आफ्नो जमिन प्रशस्त भए पनि सबैले अतिक्रमण गरेको देखेर घेरावेरा गर्न आएको बताए । उनले करिव १० कठ्ठा मात्र नदि उकास जमिन घेराबेरा गरेको बताए ।


उक्त क्षेत्रमा बृन्दावन नगरपालिका-१,२,३ र ४ वडाका वासिन्दाने बढी जमिन अतिक्रमण गरेका छन्। त्यस बाहेक अन्य ठाउँ बाट आएकाहरुले अतिक्रमण गरेका छन ।
अतिक्रमित क्षेत्रभन्दा करिब २ किलोमिटर टाढा सव डिभिजन बन कार्यालय कार्यालय भएपनि बन कर्मचारीले संरक्षण प्रति चासो देखाएका छैन ।


जनशक्ति अभावका कारण जान नसकेको सव डिभिजन प्रमुख अनिल कुमार महतोले बताए । डिभिजन बन कार्यालय बाट अतिक्रमणको प्रतिवेदन माग भएको र प्रतिवेदन बनाउने क्रममा रहेको महतोले जानकारी दिएका छन ।
संरक्षण गर्नुपर्ने ठांउमा अतिक्रमण बढ्‌दै जानु दुखद भएको वृन्दावन नगरपालिका-२ का वडाध्यक्ष सिकेन्द्र पटेल बताउँछन् । डिभिजन बन कार्यालय रौतहटने ठोस कदम चाल्न वडाध्यक्ष पटेलले माग गरेका छन ।
डिभिजन बन कार्यालय रौतहट डिएफओ शैलेन्द्र मिश्र ले अतिक्रमण हटाउन सक्रिय रहेको दावी गरेका छन । सो क्षेत्रको अतिक्रमण हटाउन सबैको साथ आवश्यक रहेको डिएफओ मिश्र ले बताए ।
उक्त क्षेत्रमा वडा सदस्य रामगणेश प्रसाद पटेल (बच्चु) ले सरकारी जग्गा अतिक्रमण गरेको विषयमा अख्तियारमा उजुरी परेको छ ।
वृन्दावन नगरपालिका-१ बलेरी क्षेत्रमा पर्ने सरकारी वन क्षेत्रको जमिन अतिक्रमण गरी पर्खाल समेत निर्माण र गुम्बा बनाउन लगाएर आर्थिक अनियमितता गरेको भन्दै उजुरी परेको छ ।


गत २८ साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नम्बर २२९ रहेको उजुरीका आधारमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले बड़ा सदस्य पटेललाई डिभिजन वन कार्यालयमा हाजिर हुन पत्र काटेको थियो।
पटेलले वनको सरकारी जमिनमा गुम्वा बनाउने नाममा अतिक्रमण गर्नुका साथै नगरपालिकाबाट निकासा भएको बजेटमा समेत आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख छ।
बडा सदस्य पटेलले अतिक्रमकारीसँग मिलेर रकम असुली गरेको उजुरी परेपछि अख्तियारले डिभिजन बन कायर्यालयलाई छानविन गर्न आदेश दिएको हो ।


अतिक्रमित क्षेत्रमा केहीले भैसी-पाडा , पशुपालन समेत गरेका छन । अतिक्रमित क्षेत्रमा किसानले मकै, गहुँ, मुसुरो, तोरी लगायतको बालिको खेती गर्दैआएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु