Thursday, January 23, 2025

प्रधानाध्यापक कुशवाह बिरुद्ध अभिभावकहरुको उजुरी

पछिल्लाे समाचार


रौतहट ५ पुस । भ्रष्टाचार गरेको भन्दै एक प्रधानाध्यापक बिरुद्ध १३ जना अभिभावकका अगुवाहरुले उजुरी दिएका छन ।
रौतहट जिल्लाको देवाही गोनाही नपा.७ को आधारभुत बिद्यालय उचिडिहका प्रधानाध्यापक मुक्ति प्रसाद कुशवाहाले शिक्षक नियुक्ती,दिवा खाजामा , शौचालय निर्माण लगाएतमा अनियमितता गरेको भन्दै उजुरी गरेका छन ।
२०७६ साल पुस देखि बिधालय व्यवस्थापन समितिको म्याद समाप्त भएता पनि प्रधानाध्यापक कुशवाहले मनोमानी ढंगले शिक्षक नियुक्ति,विद्यार्थी भन्दा बढी दिवाखाजाको पैसा निकासा,शौचालय निर्माणहरुमा भ्रष्टाचार गरेको तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निर्माणको लागि गत आ.ब.२०७८/०७९ को ३६, लाख आ.ब.२०८०/८१ को नगर कोषबाट गरि जम्मा .७१ लाख व्यक्तिको नाउँमा रहेको जग्गामा भवन निर्माण गरिरहेकाले सो काम रोक्का गरि, नियमानुसार भवन निर्माण कार्य गराउन एवम् भ्रष्टाचारको छानबिन गरी दोषि माथी कार्वाहीको माग गर्दै निमीत प्रमुख प्रशासकीय अधिकृतलाई उजुरी बुझाएका छन ।
उनीहरुले उजुरीको बोधार्थ अख्तियार दुरुपयोग अनुशन्धान आयोग, जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा इकाइ कार्यालय रौतहट लाई दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु