Friday, January 24, 2025

पुर्वमन्त्री साह द्वारा आयोजनाहरुको अनुगमन

पछिल्लाे समाचार


जनकपुर २५ मंसिर / जनकपुरमा निर्माणाधीन सहरी पूर्वाधारका महत्वपुर्ण आयोजनाहरुको पुर्वमन्त्री तथा आजपाका अध्यक्ष प्रभु साहले स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन ।
सहरी बिकाश मन्त्रालयबाट निर्माण भईरहेको जनकपुर बसपार्क , दुधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवन लगायतका आयोजनाहरुको कार्य प्रगति समग्रमा सन्तोषजनक रहेको अध्यक्ष साहले बताएका छन । आफु मन्त्री हुदा एकीकृत शहरी आयोजना अन्तर्गत झण्डै ४० कि.मि. सड़क कालोपत्रे, ८० कि.मि. नाला, बिभिन्न पोखरी सौन्दर्यकरण तथा मठ मन्दिर लगायतका पूर्वाधारको कामहरु सम्पन्न भएको हेर्दा खुशी लागेको उनको भनाई छ ।


उनले आयोजनाहरुको समग्र भागको ठेक्का एकैपटक नहुँदा निर्माणाधीन आयोजनाहरुको भविष्य अन्यौल देखिएको, बसपार्कको समग्र ठेक्का ७० करोडको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएको, त्यस्तै दुधमति कोरिडोरको समग्र ठेक्का १ अर्बको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भई निर्माण भईरहेको बताए ।


निर्माण भईरहेको आयोजनाहरुको भुक्तानी समयमा नहुँदा निर्माण कार्यमा केही अन्यौलता समेत देखिएको अध्यक्ष साहको भनाइ छ ।
अनुगमन तथा निरीक्षण मा मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल, नेकपा ( माओवादी केन्द्र) का नेता भरत साह तथा सहरी डिवीजन प्रमुख प्रदीप खनाल लगायतकाे सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु