Thursday, January 23, 2025

धान काटेर बाटो र सडकमै राख्दा दुर्घटनाको जोखिम

पछिल्लाे समाचार

रौतहट २० मंसिर ।रौतहटको विभिन्न सडकहरुमा किसानले धानको बोझा थुपारेर राख्दा किसानहरुले यसरी मुख्य सडकमै धानको भारी थुपारी राखेका कारण सवारी दुर्घटनाको जोखिम बढेको देखिएको छ ।
जिल्लाको विभिन्न गाउँ तथा बजार क्षेत्रको सडकमा किसानले धान राख्ने गरेकाले सवारी दुर्घटनाको जोखिम बढेको सवारी चालकहरु बताउछन ।
सडकमा किसानहरु धान थ्रेसर लगाउने, बाटोमै धान र पराल थुपार्ने गरेकाले सवारी साधनको आवागमनमा समस्या हुने गरेको चालकहरुको भनाइ छ ।
किसानहरुले खेतमा थ्रेसर नलगाई मान्छे र सवारी हिँडने सडकमा धान झार्न थ्रेसर लगाउने गरेको कारण बाटो हिँडनेको आँखामा धुलो परेर हिँड्न समेत समस्या हुने गरेको स्थानीयको भनाइ छ ।
जयनगर देखि गोनाहीसम्मको सडकको दुबैतर्फ पराल र धानको बोझा राखिएको छ
त्यस्तै बृन्दावन, गरुडा, गढिमाई, वृन्दावन, कटहरिया, देवाहीगोनाही, मौलापुर लगायतका दर्जन पालिकाको विभिन्न सडकमा किसानले धान राख्ने गरेका कारण आवत जावत गर्न समस्या हुने गरेको गुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु