रौतहट २४ मंसिर । किसानले भित्र्याउन तयार पारेको धानको बोझामा अज्ञात व्यक्तीले आगजनी गरेका छन ।
ती ब्यक्तिहरुले फतुवा विजयपुर–२ का किसान लक्ष्मी नारायण यादवको पौने २ बिगाह खेतको धान शनिवार राती साढे ९ बजेतिर आगो लगाएका हुन ।
आगलागीबाट सबै धान जलेर नष्ट भएको किसान यादवले बताएका छन ।
खेतमा काटेर बोझा बनाएर थुपारेको धान एकै ठाउँ राखेर आइतबार थ्रेसर लगाउने तयारी गरेकोमा शनिबार राती आगो लगाइदिएको पिडित किसानले बताए ।
करिब ३ लाख बराबरको धान क्षति भएको पिडितले बताएका छन। ‘कसले गर्यो किन यस्तो गर्यो केही बुझ्न नसकेको उनी बताउछन ।
इलाका प्रहरी कार्यालय फतुवा विजयपुरका प्रमुख प्रहरी निरिक्षक विजय कार्कीले घटनाको जानकारी पाए लगतै प्रहरी घटनास्थलमा पुगेको र आगो लगाउने व्यक्ति तथा आगजनीको कारण बारे अनुसन्धान गरिरहेको जानकारी दिए ।