Thursday, January 23, 2025

चुरेमा सिमा बिवाद

पछिल्लाे समाचार


चन्द्रपुर,५ पुस । रौतहट जिल्लामा पर्ने चुरे मकवानपुरले दावी गर्दै आएको छ ।
चुरेका बासिन्दाहरुले मकवानपुर र रौतहट दुबै दुवै जिल्लाबाट आफ्नो अनुकुलमा मताधिकार प्रयोग गर्दै आएकाछन् ।
चुरेको पानी ढलोभन्दा तल्लो भाग रौतहट जिल्लामा पर्दछ । तर मकवापुर जिल्लाको बकैया गाँउपालिका वडानं १ कै वडा कार्यालय रौतहटको चन्द्रपुर नगरपालिकाको क्षेत्रमा स्थापना भएको छ ।
पानीढलो भन्दा तल रौतहटको चुरे क्षेत्रमा बकैया गाँउपालिका ले पक्की भवन बनाएर वडा कर्यालय संचालन गरेको छ ।
चन्द्रपुर नगरपालिका वडानं ३ को गैडाटार भन्दा उतर चादी नदि पारी बकैया गाँउपालिकाले रौतहटकै चुरे क्षेत्रमा पक्की ढलान सडक बनाउदा समेत डिभिजन वन कार्यालयले कुनै चासो दिएको थिएन ।
डिभिजन वन कार्यालय रौतहटका सुचना अधिकारी बिमल कुमार ठाकुरले मकवानपुर र रौतहटको सिमा बिवादका बिषयमा रौतहटका राजनैतिक दल र सरोकार वालाहरुले चासो दिनुपर्ने बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु