Friday, January 24, 2025

गुणस्तरहिन बिधालय भवन बनाउनेलाइ कार्वाही गर्न माग

पछिल्लाे समाचार


रौतहट ८ पुस ।निर्माणाधिन गम्हरिया माध्यमिक बिधालय को भवन गुणस्तरहिन बनाउने लाई कार्वाहीको माग गर्दै नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
निर्माण गर्न लागेको भवनको पिलरहरु , पर्खाल गुणस्तरीय सामग्री प्रयोग नगरी अनियमिता गरेको भन्दै निर्माण अविलम्ब रोक्की उच्चस्तरको प्राविधिक परिक्षण गराई रकम हिनामिना गर्ने उपर कार्वाही को माग गर्दै उजुरी परेको हो ।
सो बिधालयका पुर्व अध्यक्ष तथा रौतहट को पतौरा वार्ड नं.८ हाल मौलापुर न.पा. वार्ड नं ३ गम्हरीया टोल वस्ने वर्ष ६० का हरेन्द्र राय यादव ले उजुरी दिएका छन ।
मौलापुर नगरपालिका नगर कार्यापालिकाको निमित प्रमुख रामवावु साह तेली , मौलापुर नगरपालिकाको प्रविधिक दिपेन्द्र दास, उपभोक्ता समितिका अध्यक्ष मौलापुर न.पा वार्ड नं.३ का छविलाल साह कानु , अध्यक्षका भाइ कामेश्वर साह कानु , कोषाध्यक्ष देवनाथ बैठा, मौलापुर न.पा वार्ड नं ३ का भवन निर्माण उपभोक्ता समितिको अध्यक्षको नातेदार तथा ठेकेदार, मिस्त्री विन्दा साह कानू, अजय साह
दोश्रो भवन बनाउने मौलापुर न.पा. वार्ड नं ३ मा वस्ने वर्ष ४५ को महेश महतो कोइरी , दिनेश महतो कोइरी, ओमप्रकाश महतो कुशवाहा ,मौलापुर न पा वाड नं. ३ मा वस्ने राजनारायण राय यादव, विन्दालाल राय यादव बिरुद्द उजुरी परेको छ ।


उजुरीकर्ता ले उजुरीमा लेखेका छन रौतहट पतौरा गा. वि. स. वार्ड नं ८ हाल मौलापुर न.पा. वार्ड नं.३ गम्हरिया टोलमा स्थित बिस २०१७ सालमा मेरो बाबु जादोलाल राय यादवले नै विधालय खोली सरकारी स्वीकृती पाई साविक मा प्रावि बाट निमावी संचालन हुदै हाल केही वर्ष देखि माध्यमिक विधालय गम्हरिया को नामले संचालन समेत भई आएको विधालय भवन पुरानो भई हाल नयाँ ठाँउमा जग्गा खरिद गरि १६ कोठा , कम्पाउन्ड बाल सहित २ वटा विधालय भवन निर्माण गर्न तीन करोड ६ लाख नेपाल सरकारबाट बजेट निकासा भई भवन बनाउन जिम्मेवारी लिई विपक्षीहरुले दुवै भवनको उपभोक्ता समितिमा आफनै परिवारका दाजुभाई राखेर हाकीमहरु आपसमा मिली सो भवनमा योजना अनुसारको सामानहरु प्रयोग नगरि गुणस्तरहिन पातलो छड र कम सिमेन्ट राखेर ढलान गरेकाे, पिलर ,पर्खाल फुटने झर्ने गरेको, पिलर नै कमजोर बनाइ विपक्षीहरुले रकम भागबण्डा गरि खाएको हुँदा सो भवनको निर्माण कार्य तत्काल रोक्का गरि उच्च स्तरिय प्राविधिक टोली झिकाई जांच परिक्षण गराई गलत निर्माण गरि रकम अनियमितता गर्नेहरुलाइ कार्वाही गरी हिनामिना गरेको रकम फिर्ता गराई पाउँ भनी निवेदन दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु