Thursday, January 23, 2025

कटहरियामा ढलान गुणस्तरहिन गरेको गुनासो

पछिल्लाे समाचार


रौतहट २० मंसिर। कटहरिया-५ मा सडक ढलान गर्दा ठेकेदारले गुणस्तरहीन काम गरेको गुनासो जनप्रतिनिधिले गरेका छन ।
आश्रय निर्माण सेवाले ठेक्का सकारेको उक्त योजनाका पेटी ठेकेदार उपेन्द्र बैठाले मापदण्ड विपरीत निर्माण सामग्री प्रयोग गरेको भन्दै बड़ा सदस्य वैद्यनाथ दासले निर्माण कार्यमा रोका लगाएका छन् ।
दासका अनुसार उक्त सड़क दलानमा ढुगा, बालुवाको मात्रा र सिमेन्ट कम प्रयोग गरेको पाइएपछि काममा रोक लगाइएको हो।
रौतहटको कटहरिया र मौलापुर नगरपालिकामा मात्र आश्रयले सघन सहरी कार्यक्रम अन्तर्गत बीरगंजबाट १० करोडभन्दा बढीको ठेक्का सम्झौता गरेको छ ।
तर कटहरियादेखि मौलापुरसम्म साधनस्रोत नभएका सानासाना पेटी ठेकदारमार्फत निर्माणको काम गराइरहेको स्थानीयवासीको आरोप छ।
मौलापुर नगरपालिका-८, सोनरनियामा नाला निर्माणका लागि शहरी विकासबाट १० करोडको ठेक्का सकार गरेको आश्रयले आफैले काम नगरी पेटी ठेकेदार राजा गुप्तालाई कामको जिम्मेबारी दिएको छ।
नाला निर्माणका लागि दुई नम्बर इँटाको प्रयोग भइरहेको स्थानीयवासी बताउँछन् । पूर्व वडाध्यक्ष बसन्त कुमार यादवले समेत यसबारे पटकपटक आवाज उठाएकाे बताएका छन ।
कटहरियाको विभिन्न वडामा आश्रय निर्माण ले पेटी ठेकेदारमार्फत गराइरहेका काम मापदण्ड अनुसारको हुन नसकेको गुनासोको छ ।
शहरी विकास कार्यालय बीरगन्जका प्रमुख विनोद कुमार सिहले मोलापुर र कटहरियामा भइरहेको कामको ल्याब टेस्ट गराउने र गलत ठहर भएमा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु