चन्द्रपुर ५ पुस । चन्द्रपुर नगरपालीकाको वडा नं ७ बनबहुअरीमा रहेको सहरी स्वास्थ्य केन्द्रमा एक दिने निशुल्क आँखा शिविर सञ्चालन भएको छ ।
निजगढ तिलगंगा सामुदायिक आखाँ अस्पताल र चन्द्रपुर सहरी स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा एक दिने निशुल्क आखाँ शिविर सञ्चालन भएको हो ।
शिविरमा प्रमुख अतिथिमा ईद महम्मद,सहरी स्वास्थ्य केन्द्र प्रमुख विजय शंकर तिवारी, वडा सदस्य विनोद चौधरी र प्रहरी हवल्दार सुरेन्द्र चौधरीको उपस्थितीमा सो शिविर सञ्चालन भएको थियो ।
उक्त शिविरमा २ सय ८४ जनाको आखाँ चेक जाँच भएको छ । जसमा महिला १ सय ४३ जना, पुरुष १ सय ४१ जनाले सेवा लिएका छन् ।
जस मध्ये ६१ जना मोतियाबिन्दु तथा अप्रेसनको लागि छनोट भएको र छनोट भएका मोतिया बिन्दुका बिरामीहरुको अप्रेसन गरिने निजगढ तिलगंगा सामुदायिक आखाँ अस्पतालले जानकारी दिएको छ ।
आखाँ सम्बन्धि समस्या भएका नागरिकहरुलाई उपचारका लागि सहज होस भन्ने उदेश्यले शिबिरको आयोजना गरिएको चन्द्रपुर वडा नम्बर ७ का निमित्त वडा अध्यक्ष ईद महम्मदले जानकारी दिए ।
चेक जाँचकै लागि टाढाटाढा जानु पर्ने वडाबासीको समस्यालाई मध्यनजर गरेर नागरिकले गाँउमै सेवा पाउन भनेर शिविरको आयोजना गरिएको उनले बताएका छन ।