Sunday, January 26, 2025

सालको गोलिया सहित मानिस पक्राउ

पछिल्लाे समाचार


रौतहट २३ मंसिर / काठ सहित रौतहटमा विभिन्न समयमा एक दर्जन बढी व्यक्ति पक्राउ परेका छन् ।
डिभिजन वन कार्यालय रौतहटले शनिवार सयौँ क्यूफिट सालको काठसहित केहि व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।
काठ चोरी गर्नेहरुले साइकल , टेक्टर, इरिक्सा प्रयोग गरेर काठ तस्कर गर्ने गरेको पाइएको छ ।
दुइवटा साईकल जोडेर पनि ठुल्ठुला गोलीया तस्करी हुने गरेको पाइएको हो ।
राष्ट्रिय वनमा तस्कर प्रवेश गरेको सूचनाका आधारमा गएको बनगस्ती टोलीले साइकलसहित काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिएका छन ।
दुइ दिनअघि पनि सशस्त्र वन सुरक्षा गस्ती टोलीले रौतहटको बलेरी जंगलबाट दुईवटा साइकल जोडेर लोड गरिएका सालको गोलिया र साइकल बरामद गरेको थियो ।


गत साउन १५ गते यता सशस्त्रको वन सुरक्षा टोलीले ३ सय ९७ क्यूफिट सालको काठ बरामद गरेको छ । सो अवधिमा काठ तस्करी र अवैध सिकारमा संलग्न १५ जना तस्करलाई पक्राउ गरेको जनाएको छ ।
काठ तस्करीमा प्रयोग गरिएको पिकअप भ्यान १ थान, ट्याक्टर १ थान, टायर गाडा २ थान, मोटरसाइकल १ थान र साइकल १४ थान बरामद भएको डिभिजन प्रमुख मिश्रले जानकारी दिएका छन।
साउनयता पक्राउ परेका तस्करलाई कानुनी कारबाही गरी जरिवाना स्वरूप ६ लाख, १३ हजार १ सय २० रुपैयाँ राजश्व सङ्कलन गरिएको डिभिजन वन कार्यालय रौतहटका सहायक अधिकृत राजेश साहले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु