रौतहट २६ मंसिर । श्रीराम सुगर मिल्स गरुडा संचालन, लिलाम र कर्मचारीको बक्यौता भुक्तानीको बिषयमा छलफल भएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रा को विशेष पहलमा मिल्सका मालिक हितेश गोल्छा, विशाल अग्रवाल, मिलका मेशिन लिलाम खरिद गर्ने राजकुमार अग्रवाल, बैंकका प्रतिनिधि र मिल्स बचाउ संघर्ष समितिका पदाधिकारी अशोक यादव, रेवन्त झा, राजकुमार दास,रामजी साह, बृज किशोर यादव, सेख मशहर, अनिल कुमार यादव, सुनिल कुमार यादव , कृष्णदन सहनी सहित विभिन्न ब्यक्ति बिच छलफल भएको बताईएको छ ।