रौतहट १४ पुस। शनिवार बिहानैदेखि बाक्लो हुस्सु र शितलहर चलेपछि रौतहटमा चिसो बढेको छ ।
राजमार्गहरुमा बाक्लो हुस्सुका कारण केही मिटर टाढाको दृश्य नदेखिने अवस्था छ ।कतिपय सवारी साधन दिउसै बति बालेर गुडिरहेका छन ।
बिहानै देखि हुस्सु र शितलहलसँगै चिसो बढेको छ । चिसोको कारण गरिब तथा विपन्न बस्तिका मानिस पिडित बनेका छन । जिल्लाका बिपन्न समुदाय डोम, मुसहर लगात गरीव बस्तिहरुमा न्यानो को ब्यवस्था गर्न जाडो पिडितहरुले माग गरेका छन ।
गरिव बस्तिमा जाडोले सताउन थालेको डोम जातीका अगुवा बिजय मली डोमले बताएका छन ।
चिसोबाट पिडित अति बिपन्न समुदायलाई राज्यका तिनै तहकाे सरकारले ध्यान दिनुपर्ने दलित समुदायका अगुवाहरुको माग छ ।
बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राजमार्ग तथा गौर-चन्द्रनिगाहपुर सडकखण्डमा दुर्घटनाको जोखिम भएकाले सवारी चलाउदा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ।
बाक्लो हुस्सु र शितलहरले नजिकैको सवारी साधन र पैदल यात्रु समेत नदेखिदा दुर्घटनाको जोखिम हुने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
जिल्लाका प्रमुख व्यापारिक बजारहरु चन्द्रनिगाहपुर, गौर, गरुडा, समनपुर, कटहरिया, मौलापुर ,लगायतका बजारहरुमा मानिसको चहलपहल घटेको छ ।