रौतहट ४ पुस ।मौलापुर नगरपालिकाले “फ्री विजुली , फ्री पानी” कार्यक्रम अन्तर्गत नगरवासीको घरेलू तथा कृषि सिंचाई मिटरको सम्पूर्ण बिधुत महशुलको रक़म बिधुत प्राधिकरणलाई बुझाएकोछ ।
मेयर रीना कुमारी साहले यश आवको अहिले सम्मको महशुल २ करोड़ ६६ लाखको चेक बिधुत प्राधिकरणको मौलापुर शाखा प्रमुख दिनेश यादवलाई बुझाएकी छिन ।
मेयर रिना कुमारी साहको पहलमा करिव चार वर्ष अघि देखि शुरू भएको कार्यक्रमले आम जनतामा ठुलो राहत पुगेको बताइएको छ ।