रौतहट ७ पुस । सामुदायिक विकास तथा सचेतना नेपाल र ग्रामीण विकास केन्द्र रौतहटको समन्वयमा बालश्रम गर्न भारत पुगेका ८ जना बालाबालिकाको उद्धार गरि अभिभावकको जिम्मा लगाइएको छ ।
उक्त संस्थाले राष्ट्रिय बाल अधिकार परिषद र मिसन रेसक्यू अपरेशन इन्डीयाको समन्वयमा बालकहरुलाई नेपाल ल्याएको हो ।
उद्धार गरि ल्याइएका बालकहरुलाइ शनिबार जिल्ला प्रहरी कार्यालय गौरमा एक कार्यक्रम गरि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख र राष्ट्रिय बाल अधिकार परिषदको प्रतिनिधि लगायतका सरोकार वालाहरुको रोहवरमा अभिभावकको जिम्मा लगाएको सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँले जानकारी दिएका छन ।
उद्धार गरीएका बालक राजपुर नगरपालिकाका २ जना, इशनाथ नगरपालिका २ जना, दुर्गा भगवती गाँउपालिकाका २ जना र गढीमाई नगरपालीकाका २ जना छन ।
ती बालकहरु ६ देखि ८ महीना पहिले विभिन्न प्रलोभनमा परि चिनजानका आफन्तहरु संग भारत पुगेका थिए । उनीहरुलाई मुम्बइको नागपाडा क्षेत्रमा रहेको व्याग पसलमा बालश्रम गरिरहेको अवस्थामा मिसन रेसक्यू अपरेशन इन्डीयाले भारतीय प्रहरीको सहयोगमा गत अगस्टमा उद्धार गरेको थियो ।
ग्रामीण विकास केन्द्र रौतहटका प्रतिनिधि ममता झा र सामुदायिक विकास तथा सचेतना नेपालको कार्यकारी निर्देशक दिलिप कोइराला, सचिव अनन्त बानिया भारतको मुम्बई पुगी बाल कल्याण समिती मुम्बई शहर-२ र महिला तथा बालबालिका विभागसँग समन्वय गरि बालकहरुलाई नेपाल ल्याई अभिभावकको जिम्मा लगाएका हुन ।
६ महीना अघि देखि घरमा खबर नगरि सम्पर्क विहीन भएको छोरालाई खोजि गर्दा १ महीना अघिमात्र भारतको बालगृहमा छ भन्ने खबर पाएका नुसरत बेगम छोरालाई भेट्दा खुसी हुदै अव घरमै राखेर पढाउने बताइन ।
सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी दिलीप कोइरालाले अझै भारतका विभिन्न बालगृहमा ६ जना बालकहरु रहेको र उनीहरुलाई नेपाल फर्काउन कागजी प्रकृया थालेको बताएका