रौतहट १३,पुस । रौतहटको चन्द्रपुरमा एक महिना अगाडी गाडिएको बिधुतिय पोल ढलेको छ । शुक्रबार चन्द्रपुर-गौर सडकखण्ड अन्तरगत चन्द्रनिगाहपुर बजारको मेन चौकमा स्थान्तरण गरिएको तिन वटा पोल ढलेको हो ।
चार लेनको सडक निर्माण गरिने भएपछी नेपाल बिधुत प्राधिकरण चन्द्रपुर शाखाको समन्वयमा गाडिएको पोल ढल्दा मोटरसाइकलमा समेत क्षती भएको छ । चन्द्रपुर ५ बस्ने ईश्वर विश्वकर्माको नाममा रहेको ना ३० क ५२८३ नम्वरको पल्सर गाडीमा क्षती पुगेको हो । आश्रय निर्माण सेवाले निर्माण गरिरहेको सडकमा पोल ढलेको खवर बिधुत प्राधिकरणमा दिदा समेत समयमा नआएको चन्द्रपुर नगरपालिका वडा न ६ का अध्यक्ष सहदेव केसीले
आरोप लगाएका छन् ।
उनले सडक डिभिजन कार्यलय चन्द्रनिगाहपुर र आश्रय निर्माण सेवाको लापरवाही पोल ढलेको बताए । ११ हजार भोल्ट रहेको लाईनको पोल ढल्दा समेत सडक डिभिजन र निर्माण कम्पनीले कुनै चासो नराखेको समेत उनको गुनासो छ । यता नेपाल बिधुत प्राधिकरण चन्द्रपुर शाखाका सुपरभाईजर ईन्जिनियर रामेश्वर यादवले आफुले खवर पाउने बितिकै घटनास्थलमा पुगेको बताए । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले स्थान्तरण गरेको पोल रोलरको भाईवरेसनले ढलेको उनको भनाई छ । सडक डिभिजनले ठेक्कामा लगाएर राखिएको पोलमा पोललाई तानेर राखिने स्टे समेत नलगाएको कारण भोलीका दिनमा समेत दुर्घटना बढ्ने सम्भावना रहेको स्थानियको भनाई छ । पोल ढलेपछी बजार दिउसो ४ बजे देखी अवरुद्द रहेको बजार क्षेत्रको लाईन राती ९ बजे देखी सुचारु भएको छ ।