Wednesday, January 22, 2025

दुइ करोड पर्ने बुद्धको मुर्ति बागमती नजिकै चुरेमा स्थापना

पछिल्लाे समाचार

रौतहट,१८ मंसिर / चन्द्रपुर नगरपालिका वाड नं. १ मा रहेको ऐतिहासिक गोल्मा राजाको दरबार क्षेत्र लाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न काम शुरु भएको छ ।
पुर्व पश्चिम राजमार्गबाट करिब २ किलोमिटर उत्तर चुरे पहाड मा अवस्थित ऐतिहासिक गोल्मा राजाको दरबार रहेको क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न लागीएको हो ।


रौतहटको चन्द्रपुर नगरपालिका वडानं १ मा रहेको गोल्मा राजा बौद्ध बिहारमा २ करोडको लागतमा बनेको साढे ९ फिट अग्लो बुद्ध भगवानको मुर्ति स्थापना गरिएको छ ।
नेपाली सेना तथा स्थानीय बासिन्दाको सहयोगमा थाई सरकारको सहयोगमा बनेको बुद्धको मुर्ति स्थापना गरिएको हो ।


बौद्ध भिच्छु भान्ते मेधंकर स्तविरका अनुसार सेनबंशका राजाको दरबार रहेको स्थानमा गोल्मा राजा बौद्ध बिहारको स्थापना गरिएको हो ।
करिब पाँच सय बर्ष अघिको सेनबंसिय गोल्मा राजा रानीको दरबार क्षेत्रलाइ पर्यटकिय स्थलको बिकाश गर्नको लागी सोही स्थान रहेको टुँडिखेलमा थाईल्यान्ड सरकारको सहयोगमा दुई करोड रुपैयाँ बरावरको साँढे ९ फिट अग्लो बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना भएको हो
गोल्मा राजा बुद्ध बिहार नामाकण गरेर सो क्षेत्रलाई ध्यानकेन्द्रको रुपमा विकास गर्न निर्माणका कामहरु धमाधम भइरहेको छ ।
पुरात्वविक महत्व बोकेको सो क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयबासिको सहयोगमा गोल्माराजा बौद्ध बिहार केही समय देखि सकृय छ ।


सो स्थान सम्म पुग्न स्थानीयले श्रमदान गरी बाटो निर्माण गरिसकेका छन । विदेशमा रहेका नेपालीहरुले कुटीको निर्माण गरिदिएका छन् ।
बैरीबिनाश भगवान् बुद्धको मूर्ति स्थापना गरीएको भिक्षु मेधंकर स्थबिरले जानकारी दिएका छन ।
ऐतिहासिक, पुरातात्वीक महत्त्व रहेको सो क्षेत्रको पहिचान गर्ने मात्र हैन पर्यटकीय धरोहरको रुपमा रहेको क्षेत्रको संरक्षण र बिकाशमा सबै एक हुनु पर्ने भिक्षु स्थबिरको धारणा छ ।
ऐतिहासिक रहेको गोल्माराजाको दरबारको पुराना इट्टा लगेर पौराई स्थित ब्रम्हस्थानमा रहेको इनारमा प्रयोग गरिएको छ भने २०११ सालतिर मानव बस्तिको बिस्तार सँगै अलपत्र रहेको सो दरबारको इट्टाको प्रयोग गरी स्थानीयले घर समेत निर्माण गरेको स्थानीय जानकारहरु को भनाई छ ।
भग्नावशेष रहेको दरबारको जीर्णोद्धारमा स्थानीयले जोड दिएका छन । सो क्षेत्रको संरक्षणमा भिक्षु मेधंकर स्थबिरले देखाएको चासोमा स्थानीयको साथ र सहयोग रहेको स्थानीय युवा गोपाल घिमिरेले बताए ।
चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित गैरीगाँउबाट आधा घण्टाको उकालो चढेपछि तात्कालिन दरबारको टुँडिखेल पुगिन्छ भने त्यहावाट १५ मिनेट पैदल हिडेर गोल्मा राजाको दरबार रहेको स्थानमा पुगिने चन्द्रपुर १ का यूवा समीरबाबु कार्कीले जानकारी दिएका छन ।


चन्द्रपुर वडा नम्बर १ का पुर्व अध्यक्ष बिरु रखालले दरवारको जीर्णोद्धार गरेर सङ्गग्राहलयको रुपमा विकास गर्न सकिने धारणा राखेका छन ।
चन्द्रपुर नगरपालिका मेयर सञ्जय कुमार काफ्लेले सेनबंशिय राजा गोल्मा राजा रको दरबारको जीर्णोद्धार र टुँडिखेल लाई समेत उपयोग गरेर पर्यटकीय क्षेत्र बनाउन सकिने बताए । उनले यस क्षेत्रलाइ धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकाश गदै लैजानको लागी नगरपालिका सहयोग गर्न तयार रहेको बताएका छन ।
रौतहट क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले गोल्मा राजाको दरवारको संरक्षणमा सबै जुटनु पर्ने बताए ।
पुरातत्व विभागलाई जानकारी भैसकेको बताउँदै संसद तिमल्सिनाले यसको संरक्षण र प्रर्बद्धनमा सबैपक्ष जुट्न आग्रह समेत गरेका छन ।
सो क्षेत्रबाट रौतहट तथा सर्लाहीका दक्षिणी भेगका बिभिन्न भुभागहरु तथा बागमती नदि लगायतका क्षेत्रहरु अबलोकन गर्न सकिन्छ ।
सो स्थानमा,ध्यान हल निमार्ण,भिक्षु,एवंम साधक साथिकाहरुको लागी कुटी निमार्ण लगायतको कामहरु भइरहेको छ ।
नजिकै नुनथर पर्यटकिय स्थल रहेको छ । सो क्षेत्रमा मधेश प्रदेश तथा भारतका विभिन्न स्थान बाट समेत पर्यटक आउने गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु