रौतहट २० मंसिर । लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम चन्द्रपुरमा सम्पन्न भएको छ ।
सामुदायिक वन उपभोक्ता समुहहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ रौतहट र स्थानीय चन्द्रपुर नगर महासंघको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरमा र नेपालको सन्दर्भमा “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ” भन्ने नाराका साथ लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका उपमेयर जयमाला कुमारी चौधरी , ले महासघले बन जोगाउन खेलेको भुमिकाको प्रशसा गरेकी छिन ।
महासंघका केन्द्रिय सदस्य सरस्वती खुलाल , नगरपालिकाको महिला तथा बालबालिका शाखाका चन्द्रकला बराल तथा डिभिजन वन कार्यालय रौतहटका रेन्जर लक्ष्मी कर्ण लगायत ले मन्तव्य तथा सहजीकरण गरेका थिए ।
कार्यक्रममा आरडिसी नेपालका प्रतिनिधि, जिल्ला तथा नगर महासंघका पदाधिकारी हरू को सहभागिता रहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रौतहटका अध्यक्ष बेदहरी दाहालले जानकारी दिएका छन ।