Friday, January 24, 2025

घर बनाइदिने संस्थाले हैन :माण्डवी, घर अलपत्र पारेर छाडे : अग्नीपिडित

पछिल्लाे समाचार

रौतहट, १ पुस । माधव नारायण नगरपालिका वड़ा नम्बर ४ मानपुर बिसनपुर्वाका अग्नि पिडितको निर्माणाधिन घरहरु अलपत्र परेका छन ।
गत बैशाख महीना भएको आगलगीमा १७ जनाको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो
माण्डवी नामक सस्थाले घर निर्माणको कार्य अधुरो छोडेर सम्पर्क विहीन भएको भन्ने बिषय झुटो भएको , सस्थाले घर बनाइदिने जिम्मा नलिएक‍ो आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट हुँदा पालमुनी बसिरहेको पीडितलाई घर बनाउन आफुले सहयोग गर्दा कसैको उक्साहटमा परेर पीडितहरुले संस्थालाई उल्टै बदनाम गर्न झुटो आरोप लगाएको बताईएको छ ।
गैर सरकारी संस्था माण्डवीकी अध्यक्ष अन्जु झाले रौतहटको माधवनारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरका आगलागी पीडितहरुले आफु र आफनाे संस्थालाई बदनाम गर्ने काम गरेको गुनासो गरेकी छिन ।
तीन किस्तामा १ लाख ५० हजार रुपैया संस्थाले दिएको र त्यस पछि जग उठाएर काम रोकिएको थियो ।
गएको शुक्रवार माण्डवीले गौरमा पत्रकारहरुसंग कुराकानी गर्दै संस्थाकी अध्यक्ष झाले पीडितहरुले लगाएको उक्त आरोपमा कुनै सत्यता नरहेको बताएकी छन् ।
एनसेट नामक संस्थाको सहयोगमा माण्डवीको सहजीकरणमा २०७९ साल चैत्र २६ गते विशुनपूर्वा मानपुरमा आगलागीबाट क्षति भएका १७ घरपरिवारलाई तत्कालको लागि आवश्यक पर्ने अवास व्यवस्थापनाका लागि राहत स्वरुप आपतकालिन आवास निर्माण गर्नका लागि पीडित १७ घरधुरीलाई तीन किस्तामा गरी १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने समझौता गरेको उनले बताइन ।


पालमुनी भन्दा तत्कालको लागि कम्तीमा छानाको घरमा बसुन भन्ने उद्देश्यले एक,/ एक कोठा भएको घर निर्माण गर्न तयार भएपनि पीडितहरुले हामी आफै घर बनाउँछौ बरु तपाईहरु हामीलाई १ लाख ५० हजार नगद नै उपलब्ध गराइदिनुस भनी आग्रह गर्दा आफुहरुले १७ जना पीडितहरुलाई प्रति व्यक्ति १ लाख ५० हजारको दरले बैंकमार्फत सहयोग भुक्तानी गरेको उनले बताइन ।
पीडितहरुको घर बनाउने जिम्मा आफुहरुले नलिएको भएपनि उनीहरुले आफुहरुको घर बनाउने जिम्मा लिएको भनी माण्डवीमाथी आरोप लगाई संस्थालाई बदनाम गर्न खोजेको उनको भनाई छ ।


पीडितहरुले आफै घर बनाउने समझौता गरेपनि अहिले घर बनाउन नसक्दा आफुहरुमाथी आरोप लगाउनु सरासर गलत रहेको उनले बताइन ।
पीडितहरुले माण्डवीमाथी लगाएको उक्त आरोप गलत, झूठा, भ्रामक र कपोकल्पित रहेकोले उनिहरुको कुरामा विश्वास नगर्न उनले सबैलाई आग्रह समेत गरिन ।
आफुहरुले उनिहरुको घर बनाइदिने भनी कहि कतै कुनै निकायसंग कुनै प्रकारको समझौता नगरेको समेत उनले दावी गरिन ।
स्टार फन्ड नेटवर्कले ४५ दिनमा अस्थायी घर बनाउन एकलाख ५० हजार का दरले तीन किस्ता मा दिएको तर पिडितहरुले आफुखुशी जग राखेको संस्थाको भनाई छ ।
भुकम्प प्रतिरोधी दुइ कोठे पक्की भवन , शौचालय र शुद्ध खानेपानीको व्यवस्था सहितको सहमति गराएर पछि घर अलपत्र छोडेको पिडितहरु बताउछन ।
अग्नि पिडितहरु रामएकवाल राय यादव, महेश मुखिया बिन, उपेंद्र मुखिया, बद्री भगत, मनोज मुखिया, रोहित भगत, जय करण मुखिया बिन, सबिता कुमारी मुखिया, बालकेसी देवी, हरेसी मुखिया, इनरदेव भगत, जिनिस मुखिया, नेमिलल मुखिया , प्रेमलाल मुखिया , योगेन्द्र मुखिया र बिकाउ मुखियाको घर अलपत्र अवस्थामा छ
बर्षातको समयमा छिमेकीको घरमा शरण लिएको अहिले शितलहरमा पराल बालेर घुर तापेर रात कटाउन बाध्य भएको पिडित महिला लीला देवीले पिडा पोखेकी छिन।
आगलागीको घटनापछि आएका प्रदेश सांसद एवं भौतिक पूर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले घर बनाई दिने आश्वासन दिएको र त्यसपछि गाउ नआएको पिडित बद्री भगतले गुनासो गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु