रौतहट १७ कार्तिक।भन्सार छली ल्याउदै गरेको गहुं बोरा र पिकअप गाडी सहित मानिस पक्राउ परेका छन ।
भन्सार छली गहुँको बिउ पिकअप गाडीमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको सुचना पाएपछि खटिएको प्रहरी टोलीले मिति १७ गते साढे १० बजेको समयमा बरामद गरेको जनाएको छ ।
जिल्ला रौतहट गौर न.पा. वडा नं.७ स्थित प्रदेश २-०३-००१ च.२१३८ नं.को पिकअप गाडी रोकी चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका गहुँको बिउ एकसय ३९ बोरा गहुँको बिउ बरामद भएको प्रहरीले जनाएको छ ।
२० के.जी.को बोराको दरले जम्मा २, हजार ७ सय ८० के.जी. र पिकअप गाडी सहित चालक जिल्ला गौर न.पा. वडा नं.७ बस्ने बर्ष ४४ को विरेन्द्र राय यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बरामद गहु चौबिस लाख सत्तर हजार बराबरको मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको प्रहरी नायव उपरीक्षक दामोदर के.सी.ले जानकारी दिएका छन ।