Wednesday, January 22, 2025

चन्द्रपुर नपाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत , राजश्व अधिकृत र नदिको ठेकेदार माथी मुद्दा

पछिल्लाे समाचार


रौतहट १६ कार्तिक।
चन्द्रपुर नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकिय अधिकृत र राजश्व अधिकृत र ठेकेदार माथी अख्तियारले मुद्दा दर्ता गरेको छ ।
चन्द्रपुर नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल , राजश्व अधिकृत कृतिराज सुवेदी र आशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरै माथि चाँदी नदीमा ठेक्का पट्टा गर्दा २८ लाख रुपैयाँ बढी राजश्व चुहावट गरेको प्रमाण सहित विशेष अदालतमा मुद्धा दायर भएको हो ।
चन्द्रपुर नगरपालिका समेतले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा नगरपालिका अन्तर्गत पर्ने चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको बोलपत्र नं. १८/०७७/०७८ समेतको ठेक्कामा अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा चन्द्रपुर नगरपालिका, रौतहटले आ.व. २०७७/०७८ मा ठेक्का नं. १८/०७७/०७८, चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री- गर्न राजपैडादेखि नयाँ बस्ती मोतिपुरसम्मको ठेक्कामा आशिक कन्स्ट्रकसन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैक जमानत पेश नगरी नलिई मूल्य अभिबृद्धि करसमेत दाखिला नगरी/नगराई पन्ध्र लाख अठ्सठ्ठी हजार रुपैयाँ बराबरको घटि राजस्व रकम असुल गरी राजस्व चुहावट गरी/गराई भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको हुँदा उक्त कसुरमा संलग्न प्रतिवादीहरु उपर सजाय हुन मागदावी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु