रौतहट २५ कार्तिक / शुक्रबार एक महिलाको करेन्ट लागेर ज्यान गएको छ ।
गौर नगरपालीका–३ स्थित पोखरीया टोलका ३५ वर्षीय अमरुल अंसारीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी गौरका डीएसपी दामोदर केसीले जानकारी दिएका छन । घरको चापाकलमा जडान गरिएको पानी तान्ने मोटर बाट करेन्ट लागि घाइते भएका थिए ।
उनलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा ल्याईएको र उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।