रौतहट २५ कार्तिक /
नेपाली काँग्रेस मधेश प्रदेश कार्यसमिति का सदस्य रविनचन्द्र कोइरालाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट अभिभावक गुमाएका १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेका छन ।
जाजरकोट जिल्लाको बोरकोट गाउँपालिका वडा नं १ रामीडाँडा केन्द्रविन्दु भएर कार्तिक १७ गते राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) क्षेत्रमा भएको मानवीय क्षती र सयौंको संख्यामा घाइते भएका घटना को दुःख व्यक्त समेत गरेका छन ।
कोइरालाले भूकम्पमा परी दिवंगत भएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन । उनले शोकसन्तप्त परिवारपन प्रति नेपाली काँग्रेश मधेश प्रदेश तर्फबाट समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाधभको कामना गरेका छन ।
भूकम्पका कारण १० हजारभन्दा बढी घर पूर्ण रुपमा भत्किएको र २ हजार भन्दा वढि विद्यालयमा क्षति पुगि जाजरकोट र रुकुम पश्चिममा मानवको जिवन कष्टकर बनेको र हजारौ विद्यार्थीहरुको पठनपाठन गर्नबाट बञ्चित हुन परेको उनले जनाएका छन ।
भूकम्प प्रभावित क्षेत्रमा आमाबुवा, अभिभावक गुमाएका विद्यार्थीहरुको पिडामा थोरै मलम लगाउन सकिन्छ कि भन्ने हेतुले जाजरकोटका ५ जना र रुकुम पश्चिमका ५ जना गरि १० जना अभिभावक विहिन विद्यार्थीहरुलाई विज्ञान र व्यवस्थापन (Science & Management) संकायमा पुर्ण रुपमा निशुल्क अध्यापन गराउने जिम्मा लिने संचालक लुम्बिनी एकेडेमिक फाउण्डेशन का संचालक समेत रहेका कोइरालाले घोषणा गरेका छन ।
काठमाण्डौको चावहिलमा रहेको लुम्विनी एकेडेमिक फाउण्डेशनमा जाजरकोट र रुकुम पश्चिमका स्थानीय तहको सिफारिसमा अभिभावक गुमाएका १० जना विद्यार्थीहरुलाई निशुल्क रुपमा ११ र १२ कक्षामा विज्ञान र व्यवस्थापन (Science & Management) संकायमा अध्यापन गराइने जानकारी गराइएको छ ।
उक्त कार्यको समन्वय र व्यवस्थापनका लागि नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य ई. भवन भट्टलाई जिम्मेवारी सुम्पिएको रविनचन्द्र कोइरालाले जनाएका छन ।