रौतहट २२ कार्तिक /नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखा को आयोजनमा गौर बाजारमा भुकम्प पिडितका लागि राहत संकलन गरिएको छ ।
जाजरकोट, रुकुम जिल्लाका भुकम्प पीडित परिवार हरुको सहयोगको लागी राहतस्वरूप दुई दिने नगद संकलन कार्य सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी गौर शाखाका मन्त्री धर्मेन्द्र कुमार सिहले जनाएका छन । ।
नेपाल रेडक्रस सोसाइटी गौर शाखाले सहयोगी गर्ने सम्पूर्ण दाताप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
राहत संकलनमा खटिने सम्पूर्ण स्वयंसेवक, पदाधिकारी सदस्य, कर्मचारी लाई रेडक्रसले धन्यवाद दिएको छ ।
शाखाले कम्तीमा १ लाख नगद राहत स्वरूप पठाउने लक्ष्य अनुरूप रौतहट जिल्लामा कार्यरत शिक्षक,कर्मचारी,संघ,संस्था,जुनियर तथा युवा सर्कल,शिक्षकनायक,प्रधानाध्यापक,शुवेच्छुकलाई आवश्यक सहयोग गरि दिनु हुन रेडक्रस सोसाइटी गौरका अध्यक्ष राज किशोर यादवले अनुरोध गरेका छन ।