Wednesday, January 22, 2025

भष्ट्राचार कसुरमा चन्द्रपुरका पुर्व मेयर चौधरी बिरुद्द अख्तियारमा मुद्दा

पछिल्लाे समाचार


रौतहट १६ कार्तिक । चन्द्रपुर नगरपालिका, रौतहटका तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरी उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर भएको छ ।
जिल्ला रौतहट, चन्द्रपुर नगरपालिका, नगरपालिकाको कार्यालयसमेतले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा उक्त नगरपालिका अन्तर्गत पर्ने चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको बोलपत्र नं. १९/०७७/०७८ समेतको ठेक्कामा अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको भन्ने उजुरी निवेदन सम्वन्धमा अनुसन्धान हुँदा चन्द्रपुर नगरपालिका, रौतहटले आ.व. २०७७।०७८ मा ठेक्का नं. १९/०७७/०७८ चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री-मरधर ठेक्का आशिक कन्स्ट्रकसन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैक जमानत पेश नगरी नलिई मूल्य अभिबृद्धि करसमेत दाखिला नगरी नगराई सत्र लाख अठ्सठ्ठी हजार रुपैयाँ) बराबरको घटी राजस्व रकम असुल गरी राजस्व चुहावट गरी गराई भ्रष्टाचारजन्य कसुर गरेको आरोप छ ।
स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा रहेको प्रावधान विपरीत तोकिएको परिमाण भन्दा बढी नदीजन्य पदार्थ अबैध रुपमा उत्खनन् गरी/गराई (सैतीस लाख चौतीस हजार एक सय अन्ठानब्बे रुपैयाँ छ पैसा) रकम बराबरको अवैध रुपमा अधिक नदीजन्य पदार्थ उत्खनन गरी/गराई नगरपालिकालाई उक्त रकम बराबर राजस्व हानिनोक्सानी पुर्‍याई जम्मा पचपन्न लाख दुई हजार एक सय अन्ठानव्वे रुपैया छ पैसा) रकम राजस्व चुहावट गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले बिज्ञप्ति मा उल्लेख गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु