गरुडा,२२ कार्तिक ।रौतहटको बिर्तामा रहेको एक हस्पिटलको लापरवाहीका कारण एक महिलाको मृत्यु भएको भन्दै स्थानियले बिरोध गरेका छन ।
रौतहटको गरुडा नगरपालिका अर्न्तगत पर्ने बिर्तामा सञ्चालनमा रहेको इमर्जेन्सि जनसेवा हस्पिटलको लापरवाहीका कारण एक महिलाको ज्यान गएको पिडितको आरोप रहेको छ ।
अप्रेसन गराउने क्रममा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ७ बनबोहरीका इब्राहिम सिद्धिकिका ३० बर्षिय श्रीमति नुर्जहान खातुनको गएराती ज्यान गएको थियो ।
हस्पिटलका सञ्चालक हस्पिटल नै बन्द गरेर फरार भएकोले पिडित परिवार ले बताएका छन ।
पिडित र स्थानियले हस्पिटलका सञ्चालक र उपचारमा संलग्न डाक्टरलाई पक्राउ गरि कारवाहीको माग गर्दै सो हस्पिटल अगाडी गौर चन्द्रपुर सडकमा बिरोध प्रदर्शन गरेका थिए ।